विजयादशमीका दिन आज पोखरामा निःशुल्क बस सञ्चालन « Khabarhub

विजयादशमीका दिन आज पोखरामा निःशुल्क बस सञ्चालन


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

कास्की – विजयादशमीका दिन आज पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क बस सञ्चालन भएका छन् । 

विगतका वर्षहरूमा जस्तै टीकाको दिनमा यातायातको साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकाले यातायात समितिसँगको सहकार्यमा निःशुल्क बस सञ्चालन गरेका हुन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले पोखराका सातवटा रुटमा चारवटा कम्पनीका १८ बसले निःशुल्क सेवा दिने जानकारी दिए । ती बसहरू आज अपराह्न ४ः०० बजेसम्म सञ्चालन हुनेछन् । 

पोखराका कोत्रे–पृथ्वीचोक–चिप्लेढुङ्गाहुँदै बागलुङ बसपार्कसम्म, फेदी–हेमजा–हरिचोकहुँदै पृथ्वीचोकसम्म, लामाचौर–बगर–महेन्द्रपुल–चिप्लेढुङ्गा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर–महेन्द्रपुल–चिप्लेढुङ्गा–सृजनाचोक–विरौटाहुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर महेन्द्रपुल–पृथ्वीचोक–विरौटा–सहिदचोकहुँदै लेकसाइडसम्म बस सञ्चालन हुनेछन् ।  

यसैगरी लेखनाथ जनताको चौतारा–रुपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोकहुँदै बागलुङ बसपार्कसम्म, काहुँखोला–महेन्द्रपुल–पृथ्वीचोक–जिरो किमी हुँदै लेकसाइडको हल्लनचोकसम्मबेगनासताल–तालचोक–पृथ्वीचोक–चिप्लेढुङ्गाहुँदै बागलुङ बसपार्कसम्म निःशुल्क बस सेवा सञ्चालन हुने छन् । निःशुल्क सेवा सञ्चालन गरिएका बसका चालक र सहचालकलाई पोखरा महानगरपालिकाले अतिरिक्त सुविधा उपलब्ध गराउने महानगर प्रमुख धनराज आचार्यले बताए।

उनले भने, ‘दसैँको टिका तथा आशीर्वाद थाप्न मान्यजनकहाँ जाने चलन छ । तसर्थ दसैँको दिन सार्वजनिक यातायात सहजरूपमा उपलब्ध नहुन सक्ने अवस्थालाई मध्यनजर गरी महानगर क्षेत्रमा यातायात सेवा दिइरहेका विभिन्न यातायात व्यवसायीसँगको सहकार्यमा स्थानीय प्रशासन र पोखरा महानगरपालिकाले संयुक्त रूपमा निःशुल्क बस सेवाको व्यवस्था मिलाएको हो ।’

दसैँका बेला कुनै प्रकारको समस्या परे महानगरपालिकाको टोल फ्री नं ११८१ (हटलाइन) सेवामा सम्पर्क गर्न प्रमुख आचार्यले आग्रह गरे । 

यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले यात्रुको सहजतालाई ध्यान दिएर निःशुल्क बस सेवा सञ्चालन गर्न सहकार्य गरेको बताए।

 ‘जनताको सेवा र राज्यलाई आवश्यक परेको बेला सहयोग गर्न हामी तयार छौँ । त्यसैको कडीको रुपमा निःशुल्क बस सञ्चालन गरेका हौँ’, उनले भने ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  १ : १७ बजे

नेकपाको योजना : आर्थिक वृद्धि १० प्रतिशत, भ्रष्टाचारलाई ‘क्यान्सर’को संज्ञा, कृषि क्रान्तिबाट देशलाई भोकमुक्त बनाउने

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

‘निष्पक्ष र भयरहित निर्वाचनबाट लोकतान्त्रिक व्यवस्था संस्थागत गर्नुपर्छ’

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले निष्पक्ष, भयरहित र स्वच्छ ढंगले निर्वाचन

भ्रमको राजनीति होइन, सत्य र परिवर्तनको पक्षमा उभिनुपर्छ : नेतृ लामा

सर्लाही– नेपाली कम्युनिष्ट पार्टीकी नेतृ आरती लामाले आगामी निर्वाचनको सन्दर्भमा

ओलीले भने : मतदाताको भावना भड्काएर होइन, तथ्य देखाएर भोट मागौँ

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रचारका

नेकपाले अबको पाँच वर्षमा पाँच लाख युवालाई रोजगारी दिने

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले मंगलबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ