बोइङले १० प्रतिशत कर्मचारी कटौती गर्ने « Khabarhub

बोइङले १० प्रतिशत कर्मचारी कटौती गर्ने


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बोइङले आगामी केही महिनामा आफ्ना १० प्रतिशत कर्मचारीलाई हटाउने कम्पनीले जनाएको छ । एक महिना लामो हडतालका कारण बोइङको उत्पादनमा कटौती हुने कम्पनीले जनाएको हो । 

बोइङका अनुसार रोजगारी कटौतीले कम्पनीका सबै तहका करिब १७, हजार कामदारलाई असर पार्नेछ। कम्पनीले २९ वटा जेटका लागि हालको माग पूरा गरेपछि सन् २०२७ मा ७६७ मोडेलको (वाइडबडी  मालवाहक) जहाजको उत्पादन बन्द गर्नेछ ।

कम्पनीले आफ्नो नयाँ ७७७ एक्सको उत्पादनलाई बजारमा ल्याउने प्रक्रियालाई सन् २०२६ सम्म सार्ने बताएको छ । प्रमाणीकरणको वर्षौको ढिलाइ र हालैको एक त्रुटिपूर्ण भागको खोजपछि बोइङको नयाँ ७७७ मोडेलले यस वर्षको सुरुमा परीक्षण उडानहरू रोकेको थियो। 

बोइङका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत केली ओर्टबर्गले कर्मचारीहरूलाई पठाएको पत्रमा कम्पनीले ‘हाम्रो वित्तीय वास्तविकतासँग मेल खाने गरी आफ्नो कार्यबलको स्तर पुनः तय गर्नुपरेको’ बताएका छन्। 

उनले भने, ‘हामीले सामना गरिरहेको कामको बारेमा स्पष्ट र यथार्थवादी हुन आवश्यक छ । यसले पुनरुत्थानको मार्गमा महत्वपूर्ण सफलता मिल्नेछ । हाम्रा स्रोतहरू प्रदर्शन गर्न र नवप्रवर्तनमा ध्यान केन्द्रित गर्न आवश्यक छ ।’

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  २ : १६ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४