रौतहटका शक्तिपीठहरुमा हजारौँ बोकाको बली « Khabarhub

रौतहटका शक्तिपीठहरुमा हजारौँ बोकाको बली


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

रौतहटहिन्दुहरूको महान पर्व बडा दसैँको अवसरमा रौतहटस्थित शक्तिपीठहरुमा यस पटक हजारौँ बोकाको बली प्रदान गरिएको छ । गत वर्षको तुलनामा बलीको सङ्ख्यामा वृद्धि भएको देखिएको छ।

गत वर्षको तुलनामा यस वर्ष बलिको सङ्ख्या अलेख्य रूपमा वृद्धि भएको पाइएको छ । तराई मधेशमा हिन्द परम्परा अनुसार बडा दशैंको नवमी तिथिको दिन देखि शक्तिपीठहरुमा बलिदिने गरिन्छ। जिल्लाको मुख्य शक्तिपीठहरु दुर्गा भगवती गाउँपालिका स्थित दुर्गा मन्दिर, राजदेवी नगरपालिका स्थित राजदेवी मन्दिर, चन्द्रपुर स्थित पौराई ब्रहमस्थान, कटहरिया स्थित बौधिमाई मन्दिर लगायतको स्थानमा बोकाको बली दिने परम्परा रहेको छ ।

सोही परम्परा अनुसार यस पटक दुर्गा मन्दिर मत्सरीमा ३ हजार भन्दा बढी बोकाको बली दिइएको पूजा समितिका अध्यक्ष बब्लु भन्ने अश्विनी कुमार झाले बताएका छन् । यस पटक बली दिइएको बोकाको सङ्ख्या गत वर्षको तुलनामा ६ सय ले वृद्धि भएको हो। 

गत वर्षको बडा दशैंमा उक्त मन्दिरमा मात्र २४ सय बोकाको बली चढेको अध्यक्ष झाले जानकारी दिएका छन्, त्यसैगरी राजदेवी मन्दिर, पौराई ब्रहमस्थान ,बौधिमाई मन्दिरमा सैयौं बोकाको बली दिइएको स्थानीयहरूले बताएका छन्। यसका साथै जिल्लको १८ पालिका स्थित रहेको सैयौँ भगवती मन्दिर शक्तीपीठहरुमा बोकाको बली प्रदान गरिएको छ।

यस पटक महानवमी अर्थात हिजो शुक्रवार देखी बली सुरु भएको छ। मत्सरी दुर्गा मन्दिरमा मात्र महानवमीको बलि प्रदान गरिन्छ भने अन्य शक्ती पीठहरुमा पूर्णिमा सम्म बली दिने परम्परा रहेको कटहरिया ४ का वडा अध्यक्ष चन्दन कुशवाहाले बताएका छन्।

आआफ्नो मनोकामना पूर्तिको लागि भक्तजनहरूले गरेको भाकल अनुसार भगवती मन्दिर लगायत शक्तीपिठहरुम बोका, परेवा, कुखुरा को बली प्रदान गर्ने गर्दछन्। हिन्दु धर्ममा परापूर्वकाल देखि शक्तिस्वरुपा माता भगवती लाई खुशी पार्न विभिन्न जीवको बली दिइने परम्परा रही आएको छ।

यसका साथै बड़ा दशैंको अवसरमा जिल्ला सदरमुकाम गौर, गरुडा, चन्द्रपुर, कटहरिया लगायत जिल्लाको प्रायः सबै पालिकाहरूमा माता दुर्गाको पूर्ति बनाएर विशेष निष्ठाका साथ विधिवत रुपमा १० दिनसम्म ब्राह्मण द्वारा मन्त्रोच्चारण सहित पूजा अर्चना गरिन्छ। 

विभिन्न दाता द्वारा चन्दा संकलन गरी सार्वजनिक रूपमा विशेष तरिकाले पण्डाल निर्माण गरी माता दुर्गाको पूजा गरिन्छ र दशमीपछि तिथि अनुसार मूर्तिलाई नदी, पोखरी, तलाउमा विसर्जन गरिन्छ। 

माता दुर्गा भगवतीको १० दिनसम्म हुने पूजामा सहभागीहरू मध्ये अधिकांश भक्तजन फलाहार बस्ने गर्दछन् भने उनको घर परिवारका मानिस पूजा अवधि भरी साकाहारी भोजन गर्ने गर्दछन्। यस पटकको दशैं अवधिमा जिल्लामा शान्ती सुरक्षाको उचित व्यवस्थापन हुँदा कहीँ कतै कुनै अप्रिय घटना नभएको स्थानीयहरूले बताएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  २ : ३३ बजे

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको