कालिका मन्दिरमा चार लाख दर्शनार्थीले गरे दर्शन « Khabarhub

कालिका मन्दिरमा चार लाख दर्शनार्थीले गरे दर्शन


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट – यहाँको बागलुङ कालिका मन्दिरमा बडादसैँको अवधिमा चार लाख दर्शनार्थीले दर्शन गरेका छन् । घटस्थापनादेखि नवरात्रसम्म चार लाख दर्शनार्थीले दर्शन तथा पूजाअर्चना गरेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । 

पछिल्लो समय कालिका मन्दिरको प्रचारसँगै दसैँमा घुम्न निस्कने धार्मिक पर्यटकहरूले कालिका मन्दिरको दर्शन गरेका हुन् । गत चैते दसैँदेखि यस मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्या अभिलेख गर्न थालिएको छ । कालिका मन्दिरमा दसैँ र चैते दसैँमा बढी दर्शनार्थीहरू आउने गरेका छन् । 

बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार मुस्ताङ भ्रमणका लागि हिँडेका स्वदेशी तथा विदेशी पर्यटकसमेत कालिका मन्दिरमा आउन थालेपछी दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको हो ।

मन्दिरमा बलि दिने परम्परा बिस्तारै घटे पनि नरिवल चढाउने र दान गर्ने परम्परा बढेको छ । तीन सय वर्ष पुरानो कालिका मन्दिर स्थापना भएपछि नियमित पूजा भए पनि पछिल्लो समय थपिएका पूर्वाधार, प्रचारप्रसार र चुस्त व्यवस्थापनका कारण दर्शनार्थीको सङ्ख्या बढेको हो । 

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ३ : २२ बजे

सी, ट्रम्प र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय वार्ता हुँदै, युक्रेन र इरान युद्ध मुख्य एजेन्डा

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

मौलिक संस्कृति र परम्परागत सीपलाई उद्यमसँग जोड्दै व्यासको बेनीकोट

तनहुँ – व्यास नगरपालिका–१३ छापडाँडा भञ्ज्याङस्थित बेनीकोटलाई उद्यमशीलतायुक्त सांस्कृतिक गाउँका

कर्णाली करिडोर उत्तर खण्ड निर्माणका लागि दुई निर्माण व्यवसायी छनोट

काठमाडौँ – राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर उत्तर खण्ड (हिल्सा–सिमिकोट

भरतपुर अस्पतालमा बिरामीको घुइँचो : गत वर्षभन्दा १० हजारले बढे सेवाग्राही

चितवन – दसैँ, तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर

बसाइँसराइले गाउँमा चितुवा, दुम्सी र बाँदरको आतङ्क

बागलुङ – बसाइँसराइका कारण छिमेकी गाउँहरू रित्तिएर खेतबारी झाडीमा परिणत