बाला त्रिपुरासुन्दरीको पूजापछि मात्र त्रिपुराकोटमा दसैँको टीका « Khabarhub

बाला त्रिपुरासुन्दरीको पूजापछि मात्र त्रिपुराकोटमा दसैँको टीका


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार – डोल्पाको त्रिपुराकोटमा दसैँको टीका जमरा आफ्नै साइतमा लगाउने गरिन्छ । नेपालभर ज्योतिषको साइतअनुसार टीका जमरा लगाउने गरिए पनि त्रिपुराकोटमा भने परापूर्वकालदेखि आफ्नै साइतअनुसार दसैँको टीका लगाउने प्रचलन छ । 

प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बाला त्रिपुरासुन्दरी मन्दिरमा बेलुकाको नित्यपूजापाठपछि मात्रै सबैले घरघरमा टीका जमरा लगाउन सुरु गर्ने उक्त मन्दिरका पुजारी कृष्णचन्द्र पाण्डेले बताए।

‘मुलुकभर टीकाको एउटै साइत भए पनि त्रिपुराकोटमा आफ्नै साइतमा लगाइन्छ, त्रिपुराकोटवासीले मन्दिरमा नित्य पूजाआजाका लागि दशमीको दिन बिहानै प्रत्येक घरबाट जमरा टीका चढाउन ल्याउने गर्छन्’, पुजारी पाण्डेले भने , ‘दसैँको औँसीको दिनदेखि दशमीको दिनसम्म नवरात्र अवधिमा पूजाआजाका लागि आएका ब्राह्मण र पूजारीबीच एकअर्कामा जमरा टीका लगाएर बिदाइ गरेपछि मात्र सबैले आ–आफ्नो घरमा टीका लगाउन सुरु गर्ने प्रचलन छ ।’ 

ज्योतिषका अनुसार आज बिहान ११ बजेर ३६ मिनेटमा देशैभर टीकाको उत्तम साइत भए पनि त्रिपुराकोटमा बेलुकाको नित्यपूजापाठ पूजा सकिएपछि मात्र टीकाको साइत खुला हुने गर्दछ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ३ : ४३ बजे

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि