दशहरा मेलामा रावण बध गरिँदै | Khabarhub Khabarhub

दशहरा मेलामा रावण बध गरिँदै


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खजुरा – नेपालगन्जको रामलीला मैदानमा विजयादशमीको घटस्थापनादेखि सुरु भएको रामलिला महोत्सवको आज १०औँ दिन विशेष रावण बध गर्न लागिएको छ ।  

रामलीला नाटक प्रदर्शनीमा आज ५५ फिटको रावणको पुत्ला दहन गरिँदैछ । यस वर्ष आयोजना गरिएको १५७औँ रामलीला महामहोत्सवमा आज कुम्भकर्ण, मेघनाथ र रावण बध गरिने कार्यक्रम रहेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले बताए । रामलीला सञ्चालक समितिद्वारा आयोजित महोत्सवको सुरु भएको छ ।  

आज साँझ रावणको बधपछि राति १० बजेदेखि रातभरि रामलीला मञ्चन गरिनेछ । समितिका अध्यक्ष कानोडियाका अनुसार भारतको मधुरा बृन्द्रावनको राधारमण मण्डलबाट २५ कलाकारको समूहले विभिन्न सजावटका साथ रामलीला मञ्चन गर्ने छन् । 

भोलि आइतबार भरत मिलाप तथा शुभराज्याभिषेक गरेर रामलीला सकिनेछ । रामलीला मैदानमा आजकै दिन लाग्ने दशहरा मेला हेर्न जिल्लाका विभिन्न ग्रामीण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट सर्वसाधारणहरू आउने गर्दछन् । 

दशहरा मेला लाग्ने स्थल वरपर विभिन्न स्टलसमेत राखिएका छन् । महोत्सव आसपासका सडकहरू झिलीमिली पारिएको छभने शान्तिसुरक्षा सुदृढ बनाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।  

वर्षौँदेखि आयोजना हुँदै आएको रामलीला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, पर्शुराम, बाणासुर लिला, सीता स्वयम्बर, राम वनबास, दशरथ मरण, सीताहरण, लंकादहन र लक्ष्मण शक्ति बाणलगायत लिला प्रदर्शन गरिसकिएको समितिका सदस्य भरतकिशोर वैश्यले बताए । 

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ३ : ५४ बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो