अवरुद्ध सिद्धिचरण राजमार्ग सुचारु « Khabarhub

अवरुद्ध सिद्धिचरण राजमार्ग सुचारु


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कटारी – सुख्खा पहिरो गएपछि अवरुद्ध सिद्धिचरण राजमार्गको उदयपुरको कटारी–घुर्मी सडक सुचारु भएको छ । शुक्रबार बिहानदेखि कटारी नगरपालिका–१४ स्थित भदौरेमा पहिरोले अवरुद्ध सडक आजदेखि सुचारु भएको हो ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले सडक सुचारु भएको जानकारी दिए। ‘हिजो साँझसम्मको अथक प्रयासपछि सडक खुलेको छ,’ उनले भने, ‘ओखलढुङ्गाको हर्कपुरस्थित सडक कार्यालयसँग समन्वय गरी ठूलो लोडर मगाएर सडक सुचारु गरिएको हो ।’

पहिरो जति पन्छाए पनि माथिबाट झर्ने क्रम जारी हुँदा सडक सुचारु गर्न समय लागेको हो । ‘आज बिहानसम्म पनि माथिबाट पहिरो झर्ने क्रम जारी थियो तर निरन्तरको प्रयासले अहिले सडक सञ्चालन भइसकेको छ’, उपरीक्षक बजगाईंले भने । 

यस सडकखण्ड अवरुद्ध भएपछि कोशी प्रदेशका पूर्वी सहरहरुबाट पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु जाने यात्रु र पहाडी जिल्लाबाट तराई क्षेत्र आउने यात्रुलाई समस्या भएको थियो । आज सडक सुचारु भएपछि सवारीसाधनहरु आउजाउ गर्न थालेको कटारी–१४ का वडाध्यक्ष अम्बरबहादुर मगरले बताए। 

सडक सञ्चालन गर्न मिर्चैया–कटारी–घुर्मी सडक कार्यालय कटारी तथा प्रहरीलगायतले शुक्रबार रातिसम्म काम गरेका थिए । दसैँका बेला यात्रुहरू रोकिएपछि दिनरात खटेर सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ४ : १४ बजे

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार