अवरुद्ध सिद्धिचरण राजमार्ग सुचारु | Khabarhub Khabarhub

अवरुद्ध सिद्धिचरण राजमार्ग सुचारु


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कटारी – सुख्खा पहिरो गएपछि अवरुद्ध सिद्धिचरण राजमार्गको उदयपुरको कटारी–घुर्मी सडक सुचारु भएको छ । शुक्रबार बिहानदेखि कटारी नगरपालिका–१४ स्थित भदौरेमा पहिरोले अवरुद्ध सडक आजदेखि सुचारु भएको हो ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले सडक सुचारु भएको जानकारी दिए। ‘हिजो साँझसम्मको अथक प्रयासपछि सडक खुलेको छ,’ उनले भने, ‘ओखलढुङ्गाको हर्कपुरस्थित सडक कार्यालयसँग समन्वय गरी ठूलो लोडर मगाएर सडक सुचारु गरिएको हो ।’

पहिरो जति पन्छाए पनि माथिबाट झर्ने क्रम जारी हुँदा सडक सुचारु गर्न समय लागेको हो । ‘आज बिहानसम्म पनि माथिबाट पहिरो झर्ने क्रम जारी थियो तर निरन्तरको प्रयासले अहिले सडक सञ्चालन भइसकेको छ’, उपरीक्षक बजगाईंले भने । 

यस सडकखण्ड अवरुद्ध भएपछि कोशी प्रदेशका पूर्वी सहरहरुबाट पहाडी जिल्ला खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु जाने यात्रु र पहाडी जिल्लाबाट तराई क्षेत्र आउने यात्रुलाई समस्या भएको थियो । आज सडक सुचारु भएपछि सवारीसाधनहरु आउजाउ गर्न थालेको कटारी–१४ का वडाध्यक्ष अम्बरबहादुर मगरले बताए। 

सडक सञ्चालन गर्न मिर्चैया–कटारी–घुर्मी सडक कार्यालय कटारी तथा प्रहरीलगायतले शुक्रबार रातिसम्म काम गरेका थिए । दसैँका बेला यात्रुहरू रोकिएपछि दिनरात खटेर सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ४ : १४ बजे

नि:शुल्क उपचारको व्यवस्थापछि जलनपीडितले दिए स्वास्थ्यमन्त्रीलाई धन्यवाद 

काठमाडौं– जलनपीडितहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई भेटेर धन्यवाद

त्रिभुवन विमानस्थल बन्द हुँदा गौतमबुद्धमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई स्तरोन्नति गर्न दैनिकजसो बन्द गर्न थालिएपछि

उद्योगमा लाइन जोडेसँगै पत्रकार सम्मेलन गर्दै कुलमान  

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङले बुधबार दिउँसो २

लेक लाग्नबाट कसरी जोगिने ? 

गण्डकी– उच्च पहाडी र हिमाली भेगमा घुम्न निस्केका पर्यटकको लेक

कोशीमा पनि एमाले-कांग्रेसको राजनीतिक संयन्त्र, जिल्लामा पनि बनाइने

विराटनगर– कोशी प्रदेशको दुईदलीय संयन्त्रले एक हप्ता भित्र प्रदेशका सबै