इरानले तेहरानमा खन्न थाल्यो रक्षात्मक सुरुङ ! | Khabarhub Khabarhub

इरानले तेहरानमा खन्न थाल्यो रक्षात्मक सुरुङ !


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानले राजधानी तेहरानको मेट्रो नेटवर्कभित्र आफ्नो पहिलो ‘रक्षात्मक’ सुरुङ निर्माण गरिरहेको सरकारी सञ्चारमाध्यमहरूले मङ्गलबार रिपोर्ट गरेका छन् । तर उनीहरूले रक्षा उपायहरू के हुन् भनेर विस्तृत रूपमा प्रकाश पारेका छैनन् ।

“देशमा पहिलोपटक तेहरानमा रक्षात्मक क्षमतासहितको सुरुङ निर्माण भइरहेको छ”, सिटी काउन्सिल ट्रान्सपोर्ट कमिसनका प्रमुख जाफर तासाकोरीलाई आधिकारिक इरना समाचार एजेन्सीले उद्धृत गर्दै भनेको छ, “यो सुरुङले ‘द डिफेन्डर्स अफ हेल्थ’ र ‘इमाम खोमेनी अस्पताल’ मेट्रो स्टेसनहरू बीचको बाटो पछ्याउँछ, र यस मेडिकल सेन्टरमा सिधा सुरुङ पहुँच प्रदान गर्दछ ।”

तासाकोरीले सुरुङको रक्षात्मक क्षमताका बारेमा थप विवरण दिएका छैनन्‌ । तथापि, ‘डिफेन्स’ शब्दले फारसीमा धेरै कुराहरूलाई जनाउँछ । फारसीमा चिकित्सक र नर्सहरूलाई ‘स्वास्थ्य रक्षक’ र प्रहरीलाई ‘सुरक्षा रक्षक’ भनिन्छ ।

मङ्गलबारको घोषणा इरान र यसको कट्टर शत्रु इजरायलबीचको बढ्दो तनावको पृष्ठभूमिमा आएको छ । इजरायलले अक्टोबर १० मा इरानका सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको थियो ।

यो इरानको अक्टोबर १ को इजरायलमा भएको आक्रमणको प्रतिक्रिया थियो । उक्त आक्रमण स्वयं इरान–समर्थित क्रान्तिकारी गार्डको एक प्रमुखको हत्याको प्रतिशोध थियो ।

इरानी अधिकारीहरूले अक्टोबर १० को आक्रमणमा चार सैनिकहरूको मृत्यु भएको र राडार प्रणालीहरूमा ‘सीमित क्षति’ भएको बताएका छन् । मिडिया रिपोर्टहरूले एक नागरिक पनि मारिएको बताएका छन् ।

संयुक्त राज्य अमेरिका र इजरायलले त्यसो नगर्न चेतावनी दिए तापनि इरानले गत महिनाको आक्रमणको बदला लिने धम्की दिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ९ : ५८ बजे

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले

राजेन्द्र लिङ्देन भन्छन्ः राप्रपाको नेतृत्वमा मात्र विकास सम्भव छ

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक