आज २०८१ साल कात्तिक २७ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल कात्तिक २७ गते मंगलबारको राशिफल


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल कात्तिक २७ गते मंगलबार तदनुसार सन् २०२४ नोभेम्बर १२ तारिख। कात्तिक शुक्ल पक्षको एकादशी तिथि। हरिबोधिनी एकादशी व्रत, तुलसी विवाह, भिष्म पञ्चक आरम्भ, बाराहा क्षेत्रमा धार्मिक मेलाको प्रारम्भ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। अचानक सञ्चित धन खर्च हुनेछ। साथीबाट धोका हुनसक्छ। स्वास्थ्यले भने साथ दिनेछ। शिक्षाको क्षेत्रमा जोश जाँगर बढ्ने दिन रहेको छ।

वृष : आज तपाईंले गरेका कार्यमा उन्नति हुने दिन छ। वैदेशिक रमझमले मन तान्न सक्छ, लगानी भए फाइदा हुनेछ। राजनीति संगठनमा गरेको प्रयास सफल हुनेछ। परिवारमा घुमघामको तय हुनेछ।

मिथुन : दिन सहज रहेको छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। आफन्तले भन्दा अपरिचित व्यक्तिबाट साथ र सहयोग मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ सहयोग मिल्नेछ।

कर्कट : महत्वकांक्षी योजना अपूरा हुनसक्छन्। मनमा अशान्ति बढ्नेछ। स्वास्थ्यले भने राम्रो साथ दिनेछ। शिक्षाको क्षेत्रमा जोश र जाँगर बढ्नेछ। लगानी भए फाइदा हुने दिन रहेको छ। परिवारमा तपाईंको विश्वास घट्ने जोखिम छ।

सिंह : आफूलाई समय नदिँदा मन दुःखी हुनेछ। बौद्धिक व्यक्तित्वसँग भेट गरेमा मन हलुका हुनेछ। खानपानमा ख्याल नगर्दा रोगको प्रकोप बढ्न सक्छ। परिवारको साथ मिल्नेछ।

कन्या : दिन राम्रो छ। साथीभाइ दाहिना रहनेछन्। संगठनको बलमा राम्रा काम हुनेछन्। स्वास्थ्यले समेत राम्रो साथ दिनेछ। घुम्ने अवसर मिल्नेछ। समग्रमा दिन रमाइलो छ।

तुला : बौद्धिक व्यक्तित्वसँगको टकरावले मन अशान्त हुनेछ। सामान्य खानेकुरमा चित्त बुझाउनुपर्ने दिन छ। अरुलाई बढी समय दिँदा परिवारमा मनमुटाव हुने जोखिम छ।

वृश्चिक : बोलीको प्रभावले राम्रो काम बन्नेछ। धनस्थानमा शुभग्रह बसेकाले लगानी गर्दा फाइदा हुनेछ। शिक्षाका क्षेत्रमा गरेको प्रयास प्रभावशाली हुनेछ। परिवारलाई खुसी पार्नको लागि निकै मूल्य चुकाउनुपर्ने दिन छ।

धनु : बिहानै शुभ समाचार सुन्नाले मनमा उमङ्ग बढ्नेछ। आफ्ना कुराहरु अरुसँग साट्नु राम्रो हुनेछ। स्वास्थ्यमा भने समस्या देखिने दिन रहेकाले खानपानमा ख्याल गर्नुपर्नेछ। राजनीतिक संगठनमा राम्रो हुने दिन छ।

मकर : सञ्चित धन खर्च हुनेछ। दाजुभाइसँग सल्लाह गरेर अघि बढे दिन सहज हुनेछ। एकल निर्णय गर्दा घाटा हुने दिन छ। परिवारमा तपाईंको निर्णय लागू नहुने जोखिम छ।

कुम्भ : तपाईंको मध्य साढेसाती दशा चलिरहेको छ। धार्मिक अभियन्तासँग झुकाव रहेमा दिन सहज रहनेछ। लगानीको क्षेत्रबाट नाफा हुने योग छ। धनलक्ष्मी योग परेकाले लगानी गर्नुपर्ने दिन छ।

मीन : आफ्नै राशीमा चन्द्रमाले भ्रमण गर्दैछन्। आफूले सोचेका कामहरु सहजै सञ्चालन हुनेछन्। विशेष काममा हात हाल्न हिम्मत गर्नुहोला। परिवारको साथ सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ५ : २१ बजे

दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागिएको हो : कानुनमन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक निकायमा कार्यरत

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक, नेताको कार्यविभाजन र विभागको पूर्णता मुख्य कार्यसूची

काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरीका लागि १० दिनको सीमा

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा सांस्कृतिक कार्यक्रम  

काठमाडौं– इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका