कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्तमा ५८ जना दीक्षित हुने | Khabarhub Khabarhub

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्तमा ५८ जना दीक्षित हुने


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन् ।

दीक्षान्त कार्यक्रम भोलि हुने बताइएको छ । यसअघि गत भदौ २३ गते तय गरिएको थियो । दीक्षान्त समारोह कार्यक्रम तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ ।

दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीले बताए ।

उनले भने, ‘स्नातकतर्फ बीपीएचमा ३८, एमबीबीएसमा १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य छन् ।’

प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गर्ने कार्यक्रम रहेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेको प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिए ।

दीक्षान्त समारोहपछिको सिनेट बैठकमा प्रतिष्ठानका भावी योजना र गतिविधिबारे थप छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ११ : ५९ बजे

आप्रवासी बन्दी गृह निर्माणको तयारीमा अमेरिकी अधिकारी

न्यूयोर्क– अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) मन्त्री क्रिस्टी नोएमले

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

रसुवा– चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले

नवराज सुवेदीले चैत ४ मा भनेका थिए- राजा ल्याउन लागेँ, आजैदेखि राप्रपाको साधारण सदस्यसमेत रहन्न

काठमाडौं- राजावादी आन्दोलनको माहोल तातेपछि हौसिएका ८६ वर्षीय नवराज सुवेदीले

यस्ता छन्, राष्ट्रिय जनसङ्ख्या नीति २०८२ का १६ लक्ष्य

काठमाडौं– सरकारले १५ वर्षदेखि १९ वर्षमुनिका किशोरीको प्रजनन दर घटाउनेदेखि

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप आक्रमण