हरिबोधिनी एकादशीकै दिन किन गरिन्छ तुलसी विवाह ? यस्तो छ पौराणिक कथा « Khabarhub

हरिबोधिनी एकादशीकै दिन किन गरिन्छ तुलसी विवाह ? यस्तो छ पौराणिक कथा


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने भएकाले धेरैले ठुली एकादशी पनि भन्ने गर्दछन् ।

धार्मिक परम्पराअनुसार हरिशयनी एकादशीबाट चीर निद्रामा सुतेका विष्णु भगवान् आज उठ्ने विश्वासका साथ आजको एकादशीलाई विशेष मानिन्छ ।

आजको दिन तुलसीको विवाहको दिन पनि हो । वैदिक सनातन संस्कारमा तुलसी पूजाको ठुलो महत्त्व छ ।

मानिसको जन्म हुँदा होस् या मृत्यु हुँदा सनातनी संस्कारमा तुलसीको बिरुवा वा तुलसीको पातको प्रयोग हुँदै आएको छ ।

हिन्दु धर्मावलम्बीहरूले आँगनको छेउमा बनाएको तुलसीको मठलाई पवित्र स्थान मानिने चलन छ ।

तुलसी विवाहको फाइदा

एकादशीको दिन तुलसी तथा भगवान् शालिग्रामको विधिपूर्वक पूजा गराउनाले वैवाहिक जीवनमा आइरहेका समस्याहरू अन्त्य हुने धार्मिक विश्वास छ । जो व्यक्तिहरूको विवाह भएको हुँदैन, ती व्यक्तिहरूको विवाह हुने निश्चित हुन्छ । यति मात्र होइन, तुलसी विवाह गराउनाले कन्यादान जस्तो पुण्य प्राप्त हुन्छ ।

तुलसी विवाहको पौराणिक कथा

पौराणिक किंवदन्ती अनुसार वृन्दा नाम गरेकी एक सद्गुणी स्त्री थिइन् । उनका पति जालन्धर क्रूर र भगवान् विरोधी भएर त्रिलोकपति बनेर बसेका थिए ।

वृन्दाको पवित्रताका कारण उनका पति अजेय र शक्तिशाली रहेका थिए । जसको परिणाम महादेवले पनि उनलाई हराउन सकेनन् ।

त्यसपछि सबै देवताहरूको आदेशमा श्रीहरि (विष्णु)ले जालन्धरको रूप धारण गरी वृन्दाको पतिव्रत (सतीत्व) भंग गरिदिएको थाहा पाएर वृन्दाले आत्मदाह गरिन् ।

उनको खरानीको थुप्रोमाथि उम्रिएको एक वनस्पतिलाई विष्णुले तुलसीको नाम दिए । यस्तै सँगै रहेको एक ढुंगालाई आफ्नो रूप ठानी शालिग्रामको रूपमा प्रख्यात हुने बताए । फलस्वरूप कात्तिक शुक्ल एकादशीका दिन तुलसीको विवाह शालिग्रामसँग गरिदिने परम्परा बसेको मानिन्छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १२ : ३० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक