सडक दुर्घटना बढेपछि गृहमन्त्रीको निर्देशन : सवारीसाधन चेकजाँच कडा बनाउनू « Khabarhub

सडक दुर्घटना बढेपछि गृहमन्त्रीको निर्देशन : सवारीसाधन चेकजाँच कडा बनाउनू


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्युनीकरण गरी सडक सुरक्षा कायम गर्न सक्रियताका साथ खटिन प्रहरीलाई निर्देशन दिएका छन्।

सवारी दुर्घटनाका घटना बढ्दै गएका बेला गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँरलाई यात्रुवाहक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्न नदिन निर्देशन दिएका हुन् ।

उनले मालवाहक सवारी साधनमा यात्रु बोक्न नदिनेसहितका सवारी दुर्घटना न्युनीकरणमा मुलुकभरमा प्रहरी युनिटलाई सक्रिय बनाउन निर्देशन दिएका हुन् ।

‘सडक सुरक्षा कायम प्रहरी प्रमुखमार्फत मुलुकभरका प्रहरी युनिटलाई परिचालन गर्न निर्देश गरेको छु’, गृहमन्त्री लेखकले भने, ‘सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवसायी, यातायात मजदुर र सरोकारवाला निकायले पनि सजगता अप्नाउनुपर्छ ।’

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १२ : ४३ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ