समर्थकको भिड छिचोल्दै एयरपोर्टबाट प्रहरी कार्यालय लगियो रविलाई « Khabarhub

समर्थकको भिड छिचोल्दै एयरपोर्टबाट प्रहरी कार्यालय लगियो रविलाई


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही लगिएको छ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धानका क्रममा रहेका उनलाई मंगलबार श्री एयरलाइन्सको जहाजबाट भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको थियो ।

त्यहाँबाट उनलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लगिएको हो ।

सभापति लामिछानेलाई रुपन्देही लगिएपछि रास्वपाले मंगलबार भैरहवामा विरोध कार्यक्रम गरेको छ। भैरहवाको लुम्बिनी गेटमा बिहान साढे ११ बजेदेखि प्रदर्शन भएको थियो । प्रहरीले प्रदर्शनकारीकै बीचबाट रविलाई भ्यानमा हालेर लगेको हो ।

त्यक्रममा रविलाई प्रतिशोध गरेर फसाइएको भन्दै रास्वपाका समर्थकले नाराबाजी गरेका थिए।

रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध  पक्राउ पूर्जी जारी गरिसकेको छ। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनीहरूविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ।

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, पर्साको सानोपाइला र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा अवैध रुपमा लगेर हिनामिना गरेको अभियोगसहित लामिछानेविरुद्ध अनुसन्धान भइरहेको छ ।

यसै प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई आइतबार थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। गत कात्तिक २ गते पक्राउ परेका रविविरुद्ध म्याद थप भएको यो चौथोपटक म्याद थप गरिएको हो।

रविलाई कात्तिक २ गते काठमाडौँको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १२ : ५३ बजे

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री