दीपक मनाङेलाई जेल पठाउन लगियो काठमाडौं अदालत « Khabarhub

दीपक मनाङेलाई जेल पठाउन लगियो काठमाडौं अदालत


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई जेल पठाउन अदालत लगिँदैछ ।

काठमाडौंको सानोभर्‍याङबाट पक्राउ परेका उनलाई सुरुमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उपस्थित गराएपछि अब सजाय भुक्तानका लागि जेल पठाउन लागिएको हो ।

कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनले गरेको पाँच वर्ष कैद सजायको फैसलालाई सदर गरेपछि मनाङे पक्राउ परेका हुन् । सर्वोच्चले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । सर्वोच्चको फैसला कार्यान्वयनका लागि उनलाई अहिले काठमाडौं जिल्ला अदालतमा पेश गरिँदैछ ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएपछि सजाय भुक्तानका लागि जेल पठाइननेछ ।

२०६१ सालमा मनाङे समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरेको थियो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।

उक्त फैसलापछि मनाङे २०७५ साल पुसमा थुनामा गएपछि पुनरावेदन सर्वोच्चमा पुनरावेदन गरेका थिए । सर्वोच्चले २०७५ साल पुस ६ गते धरौटी राखेर थुनामुक्त गर्न आदेश दिएपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए ।

मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले गण्डकी प्रदेशमा पटकपटक मन्त्री भएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १ : ११ बजे

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान

देउवा उद्‌घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार भइरहेको छ : महत

 काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन

कहिले आउँदैछ ‘जिरो डिग्री’ ?, घोडामाथि विजयको अनौठो अवतार

काठमाडौं– फिल्मको नाम ‘जिरो डिग्री’, पोस्टरमा घोडामाथि सवार अभिनेता विजय

अर्जुन दोङको परिवारसँग संवाद गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा सांसद आर्यन राईले अर्जुन दोङ तामाङको