बागमतीमा मन्त्रालयको संख्या १४ पुर्‍याइयो « Khabarhub

बागमतीमा मन्त्रालयको संख्या १४ पुर्‍याइयो


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशमा मन्त्रालय फुटाएर १४ पुर्‍याइएको छ । प्रदेशको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विनाविभागीय मन्त्री मधुकुमार श्रेष्ठलाई जिम्मेवारी दिनका लागि एक मन्त्रालय फुटाइएको हो ।

पर्यटन संस्कृति तथा सहकारी मन्त्रालय फुटाएर श्रेष्ठलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सयदिनभन्दा बढी विनाविभागीय मन्त्री भएका श्रेष्ठले अब सहकारी तथा गरिबी मन्त्रालय पाएका छन् । यससँगै बागमती प्रदेशमा १४ मन्त्रालय भएका छन्। यसअघि १३ मन्त्रालय थिए ।

यससँगै बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री सहित ८ र एमालेबाट ६ जान मन्त्री बनेका छन् । 

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  १ : ३५ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन