कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन « Khabarhub

कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुलेखानी जलविद्युत् केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण कुलेखानी जलविद्युत् केन्द्रको ड्यामको ढोका खोल्दा तल्लो तटीय क्षेत्रमा क्षति पुगेपछि ऊर्जामन्त्री खड्काले गत असोज २२ गते अध्ययन समिति गठन गरेका थिए।

उक्त समितिले १५ दिन लगाएर स्थलगत अध्ययन तथा छानबिन गरी उक्त प्रतिवेदन आज बुझाएको हो । विद्युत् विकास विभागका उपमहानिर्देशक गोकर्णराज पन्थको संयोजकत्वमा गठित उक्त समितिले तल्लो तटीय क्षेत्रमा भएको क्षतिको विषयमा स्थलगत निरीक्षण गरी क्षतिको विवरण संकलन गरिएको समितिले जनाएको छ । 

कुलेखानी ड्यामको ढोका मापदण्डअनुसार खोलिएको नखोलिएको विषयमा विस्तृत रुपमा अध्ययन गरी भविष्यमा हुने क्षति न्यूनीकरण गर्ने विषयमा सुझाव दिइएको समितिका सदस्य–सचिव एवम् मन्त्रालयका उपसचिव शालिग्राम भण्डारीले जानकारी दिए।

 

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  २ : २४ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई