साना दलले अब ‘म्याजिक नम्बर’ भन्न छाड्नुपर्छ : शंकर पोखरेल « Khabarhub

साना दलले अब ‘म्याजिक नम्बर’ भन्न छाड्नुपर्छ : शंकर पोखरेल


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनैतिक स्थायीत्वका लागि ठूला दलबीच सहकार्य भएको बताएका छन् ।

मंगलबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले जनताको म्याण्डेटविपरीत साना दलहरूले शासन गर्ने गरेकाले ठूला दलबीच राजनैतिक स्थायित्वका लागि सहकार्य भएको बताएका हुन् ।

महासचिव पोखरेलले म्याजिक नम्बर भन्दै साना दलले शासन गर्ने प्रवृति रोक्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए । उनले संविधान संसोधन र आर्थिक सुधारलाई मुख्य एजेण्डा बनाएर एमाले र कांग्रेसले सरकार बनाएको जिकिर गरे ।

महासचिव पोखरेलले २०८४ को निर्वाचनअघि संविधान संशोधनको काम सम्पन्न गरिने बताए । संविधान संशोधनका लागि अन्य दलसँग चाँडै छलफल गरिने उनले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  २ : २६ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा