साना दलले अब ‘म्याजिक नम्बर’ भन्न छाड्नुपर्छ : शंकर पोखरेल | Khabarhub Khabarhub

साना दलले अब ‘म्याजिक नम्बर’ भन्न छाड्नुपर्छ : शंकर पोखरेल


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनैतिक स्थायीत्वका लागि ठूला दलबीच सहकार्य भएको बताएका छन् ।

मंगलबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले जनताको म्याण्डेटविपरीत साना दलहरूले शासन गर्ने गरेकाले ठूला दलबीच राजनैतिक स्थायित्वका लागि सहकार्य भएको बताएका हुन् ।

महासचिव पोखरेलले म्याजिक नम्बर भन्दै साना दलले शासन गर्ने प्रवृति रोक्न निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए । उनले संविधान संसोधन र आर्थिक सुधारलाई मुख्य एजेण्डा बनाएर एमाले र कांग्रेसले सरकार बनाएको जिकिर गरे ।

महासचिव पोखरेलले २०८४ को निर्वाचनअघि संविधान संशोधनको काम सम्पन्न गरिने बताए । संविधान संशोधनका लागि अन्य दलसँग चाँडै छलफल गरिने उनले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  २ : २६ बजे

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा