जितुको ‘कार्साङ’ लुक्स « Khabarhub

जितुको ‘कार्साङ’ लुक्स


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘कार्साङ’मा कलाकार जितु नेपाल ‘मुन्द्रे’ले निर्वाह गरेको चरित्रको पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले मंगलबार उक्त पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा जितुले कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र गमबुट लगाएका छन् । उनको हातमा जाँड खान प्रयोग गरिने सिलिबरको कचौरा छ ।

पोस्टरमा जितु गम्भीर मुद्रामा छन् । पृष्ठभूमिका घर, पहाड र कुहिरोले लेकाली अधवैशेँको पुरुषको चरित्र उनले निर्वाह गरेको प्रष्ट हुन्छ ।

पोस्टरको दाहिने भागमा ‘मकै त पिन्ने घट्टामा पिरती बस्यो ठट्टामा’ लेखिएको छ । पोस्टरका यी हरफरले उनी कसैको प्रेममा परेका हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । तर, यसबारे निर्माणपक्षले केही प्रष्ट पारेको छैन ।

यसअघि निर्माण पक्षले फिल्मका केन्द्रीय कलाकार नायक दयाहाङ राईको चरित्र खुल्ने पोस्टर सार्वजनिक गरेको थियो । पुस २६ गते प्रदर्शन मिति तोकिएको यस फिल्मले कलाकारहरूको पोस्टर सार्वजनिक गरी प्रचारको काम सुरु गरेको हो ।

यस फिल्मको लेखक र निर्देशक यम शर्पा हुन् । शेर्पा समुदायको संस्कृतिमा आधारित कथामा बनेको यस फिल्ममा दयाहाङ, जितुसहित डेब्यू अभिनेतृ सिर्जना निङलेखु, दिया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।

यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यस फिल्मका निर्माता छायाकार पुरुषोत्तम प्रधान स्वयम् हुन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ३ : ०० बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा