१० हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिँदै वीरगञ्ज महानगर « Khabarhub

१० हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिँदै वीरगञ्ज महानगर


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले दश हजार बढी किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ। किशोरीहरु माथी हुने हिंसाजन्य गतिविधि न्यूनीकरण गर्दै उनीहरूको आत्मबल अभिवृद्धि गर्न महानगरले तालिम सञ्चालन गर्न लागेको हो ।

‘महानगरमा बस्ने किशोरीहरू ढुक्ककासाथ जुनसुकै बेला हिँडडुल गर्न सकुन् । कुनै प्रकारको आत्मविश्वासको कमी नहोस् भनेर आत्मरक्षा तालिम दिन लागेका हौँ,’ वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले भने, ‘महानगरमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिने छ ।’

महानगरका अनुसार महानगरभित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीसहित अन्य किशोरी तालिममा सहभागी गराइने छ । भोलि बुधबार वीरगञ्जको आर्दशनगरस्थित रङ्गशालामा करिब १२ हजार बढी किशोरी तथा महिलाहरूलाई आत्मरक्षाको तालिम सञ्चालन गर्ने तयारी छ । 

वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमले तालिमले किशोरीलाई आत्मरक्षा गर्न सिकाउने बताउनुभयो । भारतका ख्यातिप्राप्त मार्सल आर्ट प्रशिक्षक चिता राजनेश शेट्टिसहितको टिमले प्रशिक्षण दिने कार्यक्रम छ । 

महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले १० हजार बढी किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिएर ‘गिनिज वल्र्ड रेकर्ड’ मा विश्व किर्तिमान कायम गर्ने तयारी भइरहेको पनि जानकारी दिए।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ३ : ०२ बजे

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट

कालीगण्डकी पुलको तनहुँतर्फको पहुँच सडक पुनर्निर्माण हुँदै

दमौली– अविरल वर्षाका कारण क्षतिग्रस्त तनहुँको घिरिङ र नवलपुरको बौदीकाली

कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने

कर्णाली– कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित