सफाई कर्मचारीको धर्ना बारे टेलिकम भन्छ- यो हाम्रो सरोकारको विषय हैन « Khabarhub

सफाई कर्मचारीको धर्ना बारे टेलिकम भन्छ- यो हाम्रो सरोकारको विषय हैन


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले कार्तिक १२ गते देखि केन्द्रीय कार्यालयको प्रांगणबाहिर केही व्यक्तिले दिइरहेको धर्नाप्रति आफ्नो कुनै सरोकार नरहेको बताएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले उक्त धर्ना सम्बन्धमा आफ्नो कुनै सरोकार नरहेको बताएको हो ।

‘नेपाल टेलिकमले कम्पनीको सेवा विस्तार, मर्मत सम्भार, सुरक्षा, सरसफाइ लगायतका सेवाहरू आवश्यकता बमोजिम बोलपत्र प्रक्रियाबाट निश्चित समय तथा कार्य तोकी आउटसाेर्सिङको माध्यमबाट निजी सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम कानुन बमोजिम सम्झौता गरी आवश्यक सेवा लिने गरेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो सम्झौताको समयावधि वा तोकिएको कार्यविधि समाप्तिसँगै सेवा प्रदायक कम्पनीहरूसँगको दायित्व पनि समाप्त हुने व्यवस्था छ ।’

केही दिन अघि सम्पन्न व्यवस्थाअनुसार विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भएकाले प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको कम्पनीको भनाइ छ।

यस कम्पनीअन्तर्गत दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र, बबरमहल, काठमाडौंको सरसफाइको सेवा केही समय पहिले विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई हाल प्रतिस्पर्धाका आधारमा नयाँ सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको टेलिकमका प्रवक्ता हरि ढकालको भनाइ छ ।

‘यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्राङ्गण बाहिर विभिन्न माग राखेर धर्ना दिई कम्पनीको कार्यसम्पादनमा असहजता सिर्जना गर्नुका साथै नयाँ सेवा प्रदायक कम्पनीका जनशक्तिहरूलाई कम्पनीको कार्यालयमा सरसफाइ सम्बन्धी कार्य गर्न अवरोध सिर्जना समेत गरेको छ, ‘विज्ञप्तिमा भनिएको छ, ‘हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भइसकेको अवस्थामा ती जनशक्तिसँग टेलिकमको कुनै सरोकार नरहेको ब्यहोरा कम्पनी स्पष्ट पार्दछ ।’

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ३ : ०५ बजे

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं– विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन, २०२५  आज

निर्वाचन आयुक्तको सुनुवाइ : कानुनदेखि विदेशी मतदानसम्म प्रश्न

काठमाडौं– सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तावित दुई निर्वाचन आयुक्तले

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक