धर्मका नाममा राजनीति हुनु हुँदैन : प्रधानमन्त्री  | Khabarhub Khabarhub

धर्मका नाममा राजनीति हुनु हुँदैन : प्रधानमन्त्री 


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति हुन नहुने बताएका छन् ।

प्रधानमन्त्री निवासमा आज जैनश्वेताम्बर तेरापन्थ सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले धर्म निरपेक्ष हाम्रो मुलुकमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीति हुन नहुने बताएका हुन् । 

‘नेपालमा एकातिर हिन्दू राज्य हुनुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर इसाई धर्म विस्तारका नाममा गरिबीको दुरुपयोग गरिएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुराहरुलाई हामी क्रमशः नियन्त्रण गर्छौं । हामीले कुनै पनि धर्मका नाममा असहिष्णुता र सङ्कीर्णता राख्नु हुँदैन । कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो । त्यसको हामी सम्मान गर्छौं ।’

त्यस अवसरमा आचार्य महाश्रमका शिष्यहरू रमेशकुमार र रत्नकुमारले समाजमा नैतिकता, सद्भावना, मानवता, नसामुक्त समाज निर्माणका साथै शान्तिका लागि आफूहरूले गरेका कामबारे प्रधानमन्त्रीलाई जानकारी दिएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ३ : २८ बजे

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण

आज २०८२ साल भदौ २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन