रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने « Khabarhub

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सहकारी संस्थाहरूको बचत रकम ठगी प्रकरणमा २६ दिनदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने नेताहरूविरुद्ध मुद्दा चल्ने भएको छ।

ती नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले अनुमति दिएको हो ।

न्यायाधीश विनोद शर्माको इजलासले यसअघि सर्वोच्च प्रशासनबाट दरपीठ भएको निवेदन दर्ता गर्न मंगलबार आदेश दिएको हो ।

अधिवक्ता अनुपम भट्टराईले अनुसन्धान चलिरहँदा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनता उचाल्दै न्यायिक प्रक्रियामा अवरोध गर्न खोजेको जिकिरसहित सर्वोच्चमामा अवहेलनाबारे निवेदन दिएका थिए ।

यसअघि अधिवक्ता भट्टराईले दायर गरेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । उक्त निर्णयविरुद्ध उनले अर्को निवेदन सर्वोच्च दिएका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश शर्माले दरपीठको आदेश बदरसहित मुद्दा अघि बढाउन आदेश दिएका हुन् । दरपीठको निर्णय बदरसँगै रास्वपाका नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा चलाउने बाटो खुलेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ४ : १२ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा