कोशीका पूर्वमन्त्री अधिकारी मुछिएको प्रकरणमा थप दुईजना पक्राउ « Khabarhub

कोशीका पूर्वमन्त्री अधिकारी मुछिएको प्रकरणमा थप दुईजना पक्राउ


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी मुछिएको जापानमा मानव तस्करी प्रकरणमा थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

जापानबाट डिपोर्ट भएका खोटङका दुई र रसुवाका एकजना युवालाई नक्कली सरकारी कागजात बनाइदिएको आराेपमा ओखलढुंगका दुईजनालाई पक्राउ गरिएकाे काठमाडौं परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।

पक्राउ पर्नेहरूमा ओखलढुंगाका गुढी राई र नविन राई रहेका अधिकारीले बताए। यससँगै पूर्वमन्त्री अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा ९ जना पक्राउ परिसकेका छन्।

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई दुई दिनअघि पक्राउ गरेर काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ । उनलाई मंगलबार अदालतमा उपस्थित गराइएको छ ।

अधिकारीलेत गत कात्तिक १३ गते प्रदेश र संघीय सरकारको अनुमतिबिना नै जापान जाने क्रममा मन्त्रालयका नक्कली कागजात र परिचयपत्र बनाएर तीनजना युवकलाई लगेको आरोप छ।

प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारबाट पनि भ्रमण स्वीकृत नगराई जापान उडेका अधिकारीले त्यहाँको अध्यागमनले विमानस्थलबाटै फर्काइदिएको थियो।

मानव तस्करीमा मुछिएपछि अधिकारीकाे तीव्र विरोध भएको थियो । त्यसपछि उनले मन्त्री पदबाट राजीनामा दिए । उनलाई एमालेले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र संगठित सदस्यबाट पनि निलम्बन गरेपछि प्रहरीले घरैबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ५ : १५ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष