रसुवा सुक्खा बन्दरगाह : ६५ प्रतिशत निर्माण कार्य सम्पन्न « Khabarhub

रसुवा सुक्खा बन्दरगाह : ६५ प्रतिशत निर्माण कार्य सम्पन्न


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनसँग सीमा जोडिएको नेपालको उत्तरी नाका रसुवा जिल्लाको टिमुरेमा निर्माणधीन रसुवा सुक्खा बन्दरगाह ६५ प्रतिशत निर्माण भएको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणधीन सुक्खा बन्दरगाह निर्माण कार्य तीव्र रुपमा अघि बढेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार, हालसम्म सुक्खा बन्दरगाह निर्माणको काम ६५ प्रतिशत सकिएको र आउँदो २०८२ असार मसान्तसम्म सम्पूर्ण निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको हो । अहिले मध्ये भोटेकोशी खोलातर्फ र सडक तर्फको निर्माण कार्य सम्पन्न  भैसकेको छ । 

सडक निर्माण, कार्गो गोदाम, लिटिगेशन गोदाम र इन्सपेक्सन सेडको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको गजुरेलले बताए । उनका अनुसार, प्रशासनिक भवनको  निर्माण कार्य पनि ५० प्रतिशत सकिएको छ । हाल इलेक्ट्रिकल, सेनिटरी, खानेपानी तथा पेभमेन्टको काम भइरहेको उनले बताए । रसुवा सुक्खा बन्दरगाहको बाँकी निर्माण कार्य आउँदो २०८२ असार मसान्तसम्ममा सम्पन्न भइसक्ने उनको भनाइ छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुक्खा बन्दरगाह निर्माण गर्न नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र चीन सरकार वीच १६ अक्टुवर, २०१४ मा अर्थ मन्त्रालयसँग १० अप्रिल, २०१५ मा हस्ताक्षर भएको थियो । 

रसुवा जिल्लाको गोसाईकुण्ड गाँउपालिका–१ टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माण गर्न वि.सं २०७६ बैशाख २९  मा चीन सरकार र नेपाल सरकारबीच हस्ताक्षर भएको थियो भने उक्त सुक्खा बन्दरगाह निर्माणको लागि मिति २०७९ फागुन २ गते पूरक सम्झौता भएको थियो ।

जसअनुसार, आयोजनाको कुल लागत १२४ मिलियन आर.एम.वि रहेको छ । करार सम्झौता अनुसार आयोजनाको अवधि मिति २०८२ जेठ २४ ९६ जुन, २०२५० सम्म रहेको छ । यस सुक्खा बन्दरगाह कूल ५०,९०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । 

सुक्खा बन्दरगाह क्षेत्रमा संयुक्त निरीक्षण सेड, सामान राख्ने गोदाम, लिटिगेशन सेड, क्यान्टिन, प्रशासनिक भवन, ३०० सवारी साधन अट्ने पार्किङ लगायतका भौतिक संरचनाहरूको निर्माण भइरहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ५ : १६ बजे

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने