अर्थतन्त्रका कमजोर क्षेत्रहरू सुधार्न अर्थमन्त्रीको निर्देशन « Khabarhub

अर्थतन्त्रका कमजोर क्षेत्रहरू सुधार्न अर्थमन्त्रीको निर्देशन


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका बाह्य र आन्तरिक सूचकमा रहेका सफलताको जगमा आन्तरिक परिसूचक कमजोर रहेका क्षेत्रहरूलाई सुधार्ने गरी कार्य सम्पादन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएका छन् ।   

अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वैदेशिक मुद्राको सञ्चिती, शोधानान्तर स्थिति, विप्रेषण, बैंकमा अधिक तरलता, न्यून ब्याजदर, मूल्यवृद्धि नियन्त्रण, गत वर्षको तुलनामा राजस्व वृद्धि, आर्थिक वृद्धि दर राम्रो हुने स्थिति भएपनि आयात, निर्यात, उत्पादन, माग, पूँजीगत खर्च, लगानी लगायतका पक्षमा समीक्षा गरेर अघि बढ्न निर्देशन दिए । 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले अर्थतन्त्रमा देखा परेका सकारात्मक सूचकहरुलाई विशेष ध्यान दिएर त्यसलाई अवसरका रुपमा सदुपयोग गर्न जरुरी रहेको बताए । उनले समस्याको स्थिति देखाएर मात्र नहुने उल्लेख गर्दै त्यसका कारणहरू र निराकरणका उपायहरू पनि उत्तिकै आवश्यक हुने उल्लेख गरे । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ तरलता, कम ब्याजदर लगायतलाई अवसरका रुपमा लिइ लगानी बढाउन सकिने धारणा व्यक्त गरे । 

उनले सार्वजनिक र निजी क्षेत्रमा थप काम हुने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य आवश्यकता भएको बताएका थिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ५ : ३० बजे

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर

दश किलो गाँजासहित एक जना पक्राउ

भक्तपुर – सूर्यविनायक नगरपालिका–८ जगाती जाँचचौकीबाट १० किलो गाँजासहित एक

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप