उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रथम त्रैमासिक प्रगति समीक्षा « Khabarhub

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रथम त्रैमासिक प्रगति समीक्षा


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक तथा चालु आर्थिक वर्ष २०८१-८२ को प्रथम त्रैमासिकको प्रगति समीक्षा सम्पन्न गरेको छ । 

आज यहाँ सम्पन्न बैठकमा मन्त्रालय र अन्तर्गतका निकायहरूको त्रैमासिक प्रगतिका साथै आयोजनाहरूको वित्तीय एवं भौतिक प्रगतिको अवस्था, कार्यान्वयनमा आइपरेका समस्या तथा चुनौती र समाधानका लागि गरिएका प्रयासहरूबारे योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखहरूले प्रस्तुतीकरण राखेका थिए।

बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले पुँजीगत खर्च हुन नसक्नुका कारण पहिचान गरी आगामी दिनमा समस्या नदोहोरिने गरी प्राथमिकताका आधारमा नागरिकले अनुभूत गर्ने गरी कार्य गर्न सुझाव दिए। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयका प्रतिनिधिले मन्त्रालयगत सहकार्य र समन्वयबाट योजना कार्यान्वयनमा आइपरेका समस्या समाधान गरी मुलुकमा उत्पादनशील रोजगारी अभिवृद्धिमार्फत समृद्ध नेपाल र सुखी नेपालीको दीर्घकालीन लक्ष्य हासिल गर्न सकिने बताउँदै त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालय सदैव तयार रहेको बताए।

त्यस अवसरमा मन्त्री दामोदर भण्डारीले अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान वृद्धि गर्न, उत्पादन वृद्धिमा टेवा पुर्‍याउन, उद्योग तथा वाणिज्य क्षेत्रका पूर्वाधार निर्माणको लक्ष्यअनुरूप प्रगति हासिल गर्न, छिमेकी तथा व्यापार सम्भावना भएका देशहरूसँग व्यापार तथा लगानी सम्झौता गर्ने, वैदेशिक लगानी बढाउन नीतिगत तथा प्रक्रियागत सुधारमा जोड दिन आग्रह गरे।

बैठकमा राष्ट्रिय योजना आयोगका माननीय सदस्य, मन्त्रालयका सचिवद्वय, महाशाखा प्रमुख, मन्त्रालयअन्तर्गतका विभाग तथा निकायका प्रमुख, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालयका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ६ : २३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल