लहानका किसानलाई अनुदानमा गहुँको बीउ « Khabarhub

लहानका किसानलाई अनुदानमा गहुँको बीउ


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिरहा– लहान नगरपालिकाले यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गर्न थालेको छ । 

आर्थिक वर्ष २०८१-८२ को कृषि प्रसार कार्यक्रमअन्तर्गत अनुदानमा आजदेखि किसानलाई गहुँको बीउ वितरण सुरु गरिएको कृषि विकास अधिकृत प्रकाश साह हलुवाईले जानकारी दिए । 

उनले कृषकले गहुँको बीउ लिन सम्बन्धित वडा कार्यालयबाट निर्धारित परिमाणसहितको सिफारिस पत्र आवश्यक पर्ने र एक हप्तासम्म बीउ वितरण जारी रहने बताए। 

प्रतिकिलोग्राम ८५ रहेको बीउको मूल्य ५० प्रतिशत अनुदानमा ४२ रुपैयाँ ५० पैसा तोकिएको छ । ‘यसमा गहुँको ढुवानी खर्च खर्च नगरपालिकाको रहनेछ । बीउको आधा मूल्य मात्र किसानले तिरे पुग्छ’, नगरपालिकाका कृषि विकास अधिकृत हलुवाईले भने।  

नगरपालिकाले कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानबाट कुल २१ मेट्रिक टन बीउ खरिद गरेर किसानलाई वितरण गर्न लागेको हो । गत आवमा पनि नगरले १० मेट्रिक टन बीउ खरिद गरी किसानलाई वितरण गरेको अधिकृत हलुवाईले जानकारी दिए । 

नरपालिकाभित्र अनुमानित एक हजार सात सय हेक्टर जग्गामा गहुँखेती गरिन्छ । उक्त जग्गामा लगाइने गहुँखेतीका लागि नगरपालिकाको २१ मेट्रिक टन बीउ पर्याप्त नभए पनि अघिल्लो वर्ष सोही गहुँको बीउ खेती गरेका किसानले आफैँ जगेर्ना गरेको बीउबाट पुर्ताल हुने जनाइएको छ ।   

व्यावसायिक रूपमा कृषि गर्दै आएका किसानलाई अनुदानमा बीउ वितरण भएपछि यो वर्ष गहुँ उत्पादन बढ्ने आँकलन गरिएको वडा नं १२ का अध्यक्ष बद्रीनारायण चौधरीले बताए। कृषिमा उत्पादन बढाउने हिसाबले नीति तथा कार्यक्रममा समावेश गरी योजना बनाइएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ७ : ३५ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु