२०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुने « Khabarhub

२०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुने


२७ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त आयोजना गर्ने निर्णय गरेको छ । फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले यो निर्णय गरेको हो ।

त्यसैगरी सन् २०३४ को विश्वकप भने साउदी अरेबियामा हुनेछ । फिफाको विशेष साधारणसभाले दुई संस्करणको विश्वकपबारे एकसाथ मतदानको मध्यमबाट निर्णय गरेको हो ।

सन् २०२६ को विश्वकप भने उत्तर अमेरिकामा हुँदैछ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरूपमा यो विश्वकप आयोजना गर्नेछन् । यो निर्णय यसअघि नै भइसकेको छ ।

स्पेन, पोर्चुगल र मोरक्कोमा हुने सन् २०३० को विश्वकपका केही खेल भने अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा हुनेछन् । विश्वकप आयोजनाको सय वर्षको अवसरमा तीन खेल यी देशमा हुने भएका हुन् ।

यसअघि २०२२ को विश्वकप कतारमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ६ : ०३ बजे

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित