२०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुने « Khabarhub

२०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा हुने


२७ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त आयोजना गर्ने निर्णय गरेको छ । फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले यो निर्णय गरेको हो ।

त्यसैगरी सन् २०३४ को विश्वकप भने साउदी अरेबियामा हुनेछ । फिफाको विशेष साधारणसभाले दुई संस्करणको विश्वकपबारे एकसाथ मतदानको मध्यमबाट निर्णय गरेको हो ।

सन् २०२६ को विश्वकप भने उत्तर अमेरिकामा हुँदैछ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरूपमा यो विश्वकप आयोजना गर्नेछन् । यो निर्णय यसअघि नै भइसकेको छ ।

स्पेन, पोर्चुगल र मोरक्कोमा हुने सन् २०३० को विश्वकपका केही खेल भने अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा हुनेछन् । विश्वकप आयोजनाको सय वर्षको अवसरमा तीन खेल यी देशमा हुने भएका हुन् ।

यसअघि २०२२ को विश्वकप कतारमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ६ : ०३ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर