जाजरकोट जिप दुर्घटना अपडेट : पाँच जनाको मृत्यु, दुई घाइते | Khabarhub Khabarhub

जाजरकोट जिप दुर्घटना अपडेट : पाँच जनाको मृत्यु, दुई घाइते


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – जाजरकोटको नलगाड नगरपालिका–३ बाँसकोट बोलेरो जिप दुर्घटना पाँच जनाको मृत्यु भएको छ।

गएराति कालिमाटी बजारबाट कैना हुँदै कटके जाँदै गरेको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी प्रमुख हरिराम डाँगीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको हो।

दुर्घटनामा चालक इन्द्रजित थापासँगै शारदा थापा, शिला पुन र लक्ष्मी पुन र लक्ष्मी पुनको छोराको मृत्यु भएको डाँगीको भनाइ छ। उनका अनुसार जिप बाँसकोट भन्ने स्थानको मोडबाट करिब आठ सय मिटर तल खोलामा खसेको छ।

जिपमा सात जना सवार रहेको र अन्य दुई जना घाइतेलाई उपचारका लागि अस्पताल पठाएको छ। घाइतेको अवस्था सामान्य रहेको डाँगीले बताए।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ७ : ०७ बजे

दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार

खैरो हेरोइन ल्याउने र लिन बसेका युवा पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषध खैरो हेरोइन ल्याउने र सो

गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट

गोरखा – गोरखाको चुमनुब्री गाउँपालिका–६, ताजुमा आगलागी हुँदा तीन वटा

स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाइ

कालिकोट – स्थानीयले अवरोध गर्दा सुदूरपश्चिमको अछाम जिल्लाबाट कालिकोटसम्म विद्युत्

प्रधानमन्त्री कपः आर्मीले सुदूरपश्चिमलाई हरायो

बैतडी – प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको