एनपीएल : दोस्रो खेलमा जनकपुर र काठमाडौं खेल्ने « Khabarhub

एनपीएल : दोस्रो खेलमा जनकपुर र काठमाडौं खेल्ने


२७ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज खेल्दैछन् । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

जनकपुर अनिलकुमार शाह र काठमाडौं करण केसीको नेतृत्वमा मैदानमा उत्रिँदै छन् । आजको खेलमा जनकपुर पाँचौं जितसहित शीर्षस्थानमा उक्लने योजनामा छ भने काठमाडौं तेस्रो जित निकाल्ने लक्ष्यमा छ ।

यसअघि पाँच खेल खेलेको जनकपुर ४ मा जित र एकमा हारसहित ८ अंक जोडेर दोस्रो स्थानमा छ । चार खेलमा काठमाडौंले दुईमा जित र दुईमा हार बेहोरेर चार अंक जोड्दै तालिकाको पाँचौँ स्थानमा छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी एनपीएलमा ८ टोली सहभागी छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ८ : २९ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित