च्याम्पियन्स लिग : आर्सनल र लिलीको महत्त्वपूर्ण जित « Khabarhub

च्याम्पियन्स लिग : आर्सनल र लिलीको महत्त्वपूर्ण जित


२७ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुकायाको साकाले गरेको दुई गोलमा मोनाकोलाई पराजित गर्दै आर्सनलले सिधै च्याम्पियन्स लिग फुटबलको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ।

बुधबार घरेलु मैदानमा भएको खेलमा आर्सनलले ३-० को सफलता पाएको हो। ६ खेलको समाप्तिमा आर्सनल १३ अङ्कसहित तेस्रो स्थानमा छ।

पहिलो हाफमा नै आक्रामक रहेको खेलमा ब्राजिलियन खेलाडी गाब्रियल जेससको पासमा साकाले गोल गर्दै ३४ औँ मिनेटमा टोलीलाई पहिलो अग्रता दिलाए। ७८ औँ मिनेटमा विपक्षी खेलाडीले गरेको गल्तीको फाइदा उठाउँदै साकाले अर्को गोल गरे। ८८ औँ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका काइ हार्भेटजले आर्सनलका लागि अर्को गोल गरे।

स्टुवार्म ग्राजलाई ३–२ ले हराउँदै लीली पनि सिधै दोस्रो चरण प्रवेशको होडमा बलियो बनेको छ। लीलीलाई जित दिलाउने क्रममा वैकल्पिक खेलाडी हाकन हार्डलसनले निर्णायक गोल गरेका थिए। यसअघि लिलीका लागि ओसामे साराउरी र मिचेल बाकरले गोल गरेका थिए। यसैगरी स्टुवार्मका लागि ओटार किटेस्चभिइल र माइक बिरेथले गोल गरेका थिए।

लिभरपुलको १८ तथा बार्सिलोनाको १५ अङ्क रहेको तालिकामा ६ टोलीको १३ अङ्क छ। यी ६ टोलीमा लीली पनि एक हो।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ९ : १४ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी