च्याम्पियन्स लिग : आर्सनल र लिलीको महत्त्वपूर्ण जित | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : आर्सनल र लिलीको महत्त्वपूर्ण जित


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुकायाको साकाले गरेको दुई गोलमा मोनाकोलाई पराजित गर्दै आर्सनलले सिधै च्याम्पियन्स लिग फुटबलको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ।

बुधबार घरेलु मैदानमा भएको खेलमा आर्सनलले ३-० को सफलता पाएको हो। ६ खेलको समाप्तिमा आर्सनल १३ अङ्कसहित तेस्रो स्थानमा छ।

पहिलो हाफमा नै आक्रामक रहेको खेलमा ब्राजिलियन खेलाडी गाब्रियल जेससको पासमा साकाले गोल गर्दै ३४ औँ मिनेटमा टोलीलाई पहिलो अग्रता दिलाए। ७८ औँ मिनेटमा विपक्षी खेलाडीले गरेको गल्तीको फाइदा उठाउँदै साकाले अर्को गोल गरे। ८८ औँ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका काइ हार्भेटजले आर्सनलका लागि अर्को गोल गरे।

स्टुवार्म ग्राजलाई ३–२ ले हराउँदै लीली पनि सिधै दोस्रो चरण प्रवेशको होडमा बलियो बनेको छ। लीलीलाई जित दिलाउने क्रममा वैकल्पिक खेलाडी हाकन हार्डलसनले निर्णायक गोल गरेका थिए। यसअघि लिलीका लागि ओसामे साराउरी र मिचेल बाकरले गोल गरेका थिए। यसैगरी स्टुवार्मका लागि ओटार किटेस्चभिइल र माइक बिरेथले गोल गरेका थिए।

लिभरपुलको १८ तथा बार्सिलोनाको १५ अङ्क रहेको तालिकामा ६ टोलीको १३ अङ्क छ। यी ६ टोलीमा लीली पनि एक हो।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ९ : १४ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला