म्यानचेस्टर सिटीको खराब यात्रा जारी | Khabarhub Khabarhub

म्यानचेस्टर सिटीको खराब यात्रा जारी


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिप क्लब म्यानचेस्टर सिटीको र खराब सिजन अझै कायम छ । युरोपेली च्याम्पियन्स लिगको बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्ट्सँग सिटी २-० ले पराजित भयो।

युभेन्ट्सका डुसान भ्लाहोभिक र वेस्टन म्याककेनीले गोल गरे। सो हारपछि सिटीको शीर्ष ८ मा रहँदै सिधै दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना सकिएको छ। नवौँ देखि २४ औं स्थानमा रहँदै प्लेअफको सम्भावनामा समेत शङ्का उत्पन्न भएको छ।

दुई खेल बाँकी रहँदा सिटी ८ अङ्कसहित २२ औं स्थानमा छ। सबै प्रतियोगितामा गरी पछिल्ला १० खेलमा १ जित हात पारेको सिटीले यस बिचमा नौ हारको सामना गरेको छ। सिटीले च्याम्पियन्स लिगका बाँकी खेलमा पेरिस सेन्ट जर्मन र ब्रुगसँग खेल्ने छ। सिटीको युभेन्ट्ससँगको खेल पनि अन्डर पार नै थियो।

युरोपेली च्याम्पियन्स लिगको बुधवार नै भएको खेलमा एट्लेटिको म्याड्रिडले स्लोभान ब्राटिस्लाभलाई ३-१ ले हरायो। सो खेलमा विजयी टोलीका लागि एन्टेनियो ग्रिजम्यानले दुई गोल गरे। अर्को गोल जुलियन अल्भाराजले गरे।

एसी मिलानले पनि रेड स्टार बेलग्रेडलाई २१ ले हरायो। एसी मिलानलाई जित दिलाउने क्रममा राफेल लियो र टेडी अब्राहमले गोल गरे। बेनफिका र बोलाग्ना बिचको खेलमा गोलरहित बराबरी भयो। यसैगरी, फियुनार्डले स्पर्टा प्रागलाई ४-२ ले हरायो। स्टुगार्टले यङ ब्वाइजलाई ५-१ ले हरायो।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १० : ०१ बजे

अन्तिम बलमा छक्का हुँदा विराटनगर र पोखराको खेल टाई

काठमाडौं- पोखराका ब्याटर रायमोन रिफायरले अन्तिम बलमा छक्का हानेपछि विराटनगरविरुद्धको खेलमा

कब्जियतले पीडित हुनुहुन्छ ? रेसायुक्त खानपान बढाउनुस् 

कब्जियत धेरै जनामा हुने आम समस्या हो । बालबालिका बृद्धबृद्धा

वीरगञ्जबाट डिजेल आयात घट्यो

वीरगञ्ज– वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको

लगालग विकेट जाँदा दबाबमा पोखरा, कुशललाई आउट गर्दै विराटनगरको कमब्याक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत विराटनगर किङ्ग्सले दिएको

साङ्गठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी

काठमाडौं– नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले पार्टी नेताहरूको कार्य