राधी विद्युत् कम्पनीको ५ प्रतिशत बोनस घोषणा, हकप्रद शेयर पनि जारी गर्ने  « Khabarhub

राधी विद्युत् कम्पनीको ५ प्रतिशत बोनस घोषणा, हकप्रद शेयर पनि जारी गर्ने 


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राधी विद्युत् कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट शेयर धनीलाई बोनस घोषणा गरेको छ ।

कम्पनीका सचिव लफिन काजी बज्राचार्यका अनुसार शेयरधनीका लागि कम्पनीले ५ प्रतिशत बोनस घोषणा गरेको हो ।

कम्पनीले चुक्ता पुँजीको ८ करोड ३३ लाख ९० हजार ४७० रुपैयाँ बराबरको हुन आउने ८ लाख ३३ हजार ९०४ कित्ता बोनस शेयर र कर प्रयोजनका लागि ४३ लाख ८८ हजार ९७२ रुपैयाँ बराबरको ०.२५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीले बोनस पारित गर्न पुस १८ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले पुस ४ गतेलाई बुक क्लोज मिति तय गरेको छ । पुस ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र  साधारणसभामा भाग लिन पाउने र प्रस्तावित लाभांश पाउने छन् ।

यसैबीच बोनस दिएपछि कम्पनीले हकप्रद शेयर पनि जारी गर्ने भएको छ । कम्पनीका सचिव बज्राचार्यका अनुसार बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजीको १ः०.६९८९ शेयरको अनुपातमा प्रतिशेयर १०० रुपैयाँका दरले १ करोड २८ लाख ५२ हजार ६२६ कित्ता हकप्रद शेयर जारी हुनेछ ।

उक्त हकप्रद शेयर विद्युत् नियमन आयोगले स्वीकृति दिएपछि आगामी साधारणसभाले पास गरेपछि जारी गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ११ : ०९ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा