लगालग विकेट जाँदा दबाबमा पोखरा, कुशललाई आउट गर्दै विराटनगरको कमब्याक « Khabarhub

लगालग विकेट जाँदा दबाबमा पोखरा, कुशललाई आउट गर्दै विराटनगरको कमब्याक


२७ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत विराटनगर किङ्ग्सले दिएको १४० रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले ५ विकेट गुमाइसकेको छ ।

जवाफी ब्याटिङका क्रममा १३ ओभर खेल्दै ८८ रन बनाउँदा पोखराले दुई ओपनर, कप्तान कुशल भुर्तेलसहित ५ ब्याटरलाई गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३९ रन बनाएको थियो ।

ताजा अवस्थामा पोखराका ओपनर दिनेश खरेल ११ बलमा ११ रन बनाएको अवस्थामा क्याच आउट भए ।

त्यसैगरी अर्का ओ‌पनर एन्ड्रिज गौस २७ बलमा ३९ रन बनाएर पवेलियन फर्किए । उनले २ चौका र एक छक्का हाने ।

अर्कातिर जेन मल्लिक सस्तैमा आउट भए । उनी ९ बलमा ४ रन बनाएको अवस्थामा प्रतिश जिसीबाटछ बोल्ड हुन पुगे ।

पोखराका लागि अहिले क्रिजमा कप्तान कुशल भुर्तेल र रेमन रेइफर छन् । यसअघिका तीन खेलमा फ्लप भएका कुशलले विराटनगरविरुद्ध ३३ बलमा ३१ रन बनाएका छन् । उनले २ चौका र एक छक्का हानेका छन् ।

तर उनी पनि ३१ रनमै क्याच आउट भएपछि पोखरा दबाबमा परेको छ । त्यसैगरी तीर्थराज दास १ बलमै आउट भए । उनी खाता खोल्दै बाहिरिएपछि पोखरा दबाबमा परेको छ । अहिले पोखराले १५ ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनाएको छ ।

तस्बिरहरू : चिरायु शाक्य

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ११ : ५१ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स