कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनःनिर्माण « Khabarhub

कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनःनिर्माण


२७ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँको कमलादीस्थित इच्छुमती (टुकुचा) खोलामा क्षतिग्रस्त बनेको ‘कलभर्ट’ निर्माण सम्पन्न भएको छ । एघार मिटर उक्त कलभर्ट भत्किँदा सङ्घीय राजधानी काठमाडौँको व्यस्त कमलादी क्षेत्रमा सवारी आवागमनमा समेत समस्या भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टको आज शुभारम्भ गरेका हुन् । व्यस्त सडक भएकै कारण सडक विभागले तीव्रताका साथ सो स्थानमा काम गराएको विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए । काठमाडौँ व्यस्त क्षेत्र कमलादीको उक्त कलभर्ट गत साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त बनेको थियो ।

 त्यस लगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राविधिकहरू परिचालन गरी विस्तृत अध्ययन गराएको थियो । प्राविधिक तथा विज्ञहरूले क्षतिग्रस्त कलभर्ट रहेको खण्डमा यातायात सञ्चालनमा रोक लगाएका थिए । त्यसलगत्तै मन्त्री देवेन्द्र दाहालसहितको टोलीले उक्त स्थानको निरीक्षण गरि अविलम्ब पुनर्निर्माण गर्न निर्देशन दिएको थियो । गत साउन २८ गते विज्ञहरूले निरीक्षण गरी  लागत अनुमान तयार पारी स्वीकृत गरिएको थियो ।

सडक डिभिजन कार्यालय काठमाडौँले गत असोज १८ गते ४९ लाख ६३ हजार मा उक्त कलभर्ट निर्माणका लागि डिवी कन्ट्रक्सनलाई ठेक्का दिएको थियो ।

तर, ठेक्कालगत्तैको अविरल वर्षा र बाढीले पुनः काममा अवरोध गरेको थियो । काठमाडौँ डिभिजनका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसके पछि मङ्सिर १७ गते सम्पन्न गर्ने गरी कात्तिक ३ गतेबाट काम सुरु भएको थियो ।

राणाकालमा निर्मित उक्त कलभर्ट पुरातात्त्विक महत्वको हुनसक्ने जनाउँदै पुरातत्त्व विभागले चासो देखाएको थियो । यसका कारण विभागसँग सहमति लिनुपर्ने प्रक्रियाले पनि निर्माणमा केही ढिलाइ भएको थियो । तर कात्तिक १ गते पुरातत्त्व विभागले कलभर्ट निर्माणमा सहमति दिएपछि निर्माणले गति लिएको थियो ।

बेमौसमी बाढी, दसैँ, पुरातत्वविभागसँग सहमति लिनुपर्ने प्रक्रियालगायतका चुनौतीबीच पनि निर्धारित समयभन्दा अघिनै काम पूरा भएको जनाइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  १२ : ४९ बजे

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र