तनहुँ पूर्वाधार कार्यालयद्वारा विभिन्न योजनाको बोलपत्र « Khabarhub

तनहुँ पूर्वाधार कार्यालयद्वारा विभिन्न योजनाको बोलपत्र


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दमौली – पूर्वाधार विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने ४० चालु आर्थिक वर्ष २०८१-८२ मा सञ्चालन हुने विभिन्न योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको छ ।

कार्यालय प्रमुख रवीन्द्र तिवारीले कतिपय योजना सम्झौता भइसकेको र कतिपय योजना सम्झौता चरणमा रहेको जानकारी दिए। उनका अनुसार बाँकी केही योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशनको चरणमा रहेको छ ।

उनले भने,’पाँच करोड भन्दा साना दुई वटा साना बहुवर्षीय योजनाको ठेक्का सम्झौता गरिएको छ । यस आर्थिक वर्षमा हालसम्म उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने गरी कुनै पनि योजना सम्झौता गरिएको छैन ।’

तिवारीका अनुसार चालु आर्थिक वर्षका लागि एक अर्ब ४२ करोड १२ लाख आठ हजार विनियोजन भएकोमा  २० करोड ४० लाख ९१ हजार तीन सय दश खर्च भएको छ ।

चालुतर्फ एक करोड ९१ लाख २८ हजार विनियोजन भएकोमा २२.८५ प्रतिशत प्रगति भएको छ । पुँजीगततर्फ प्रदेशबाट एक अर्ब ४० करोड १२ लाख ८० हजार विनियोजन भएकामा १४.२४ प्रतिशत प्रगति भएको छ । जिल्लामा निर्माणाधीन नौ सडक पुल छन् । त्यसमध्ये चार वटा पुराना र पाँच वटा नयाँ रहेको तिवारीले बताए।

उनले भने, ‘जिल्लामा डिपिआर तयार भएका अन्य बाँकी सडक पुल सङ्ख्या २३ वटा छ । चार सडकपुल मौलाकाली जलविद्युत् आयोजनाको डुबान क्षेत्रमापर्ने जानकारी आएको छ । अन्य बाँकी १९ वटा सडक पुल कार्यान्वयनमा लैजान सक्ने अवस्था छ ।’

चालु आर्थिक वर्षमा रानीटारी हर्कपुर घुम्ती किल्चोक मानुङ छाङदेखि भिमाद सडकका लागि १८ करोड, दमौली बिसघरे झापुटार (सेती नदी सडक पुल)का लागि पाँच करोड, खुदीखोला कटुसे रह पक्की पुल बन्दीपुरका लागि तीन करोड, ढोरबाराही मार्ग (साँखे थुम्कीडाँडा खण्ड) कालोपत्रका लागि दुई करोड ५० लाख, बुद्धसिंह मार्ग (पहिलो खण्ड) बहुबर्षे योजनाका लागि दुई करोड ५० लाख, मानपुर डेडगाउँ (घिरिङ तनहुँदेखि बौदीकाली नवलपुर) सडकका लागि रु दुई करोड ५० लाख, शुक्लागण्डकी ५ र ८ जोड्ने सेती नदी पक्की पुलका लागि दुई करोड ५० लाख विनियोजन भएको छ ।

शुक्लागण्डकी १० र भिमाद ८ जोड्ने क्याङ्दी खोलाको पिप्लेमा सडक पुलका लागि दुई करोड ५० लाख, तल्लो डुम्रे मोटरेवल पुलका लागि दुई करोड ३६ लाख ८२ हजार, कुलुङ खोला पुल भिमाद १ डुम्रीबेँसीका लागि दुई करोड १६ लाख ५६ हजार, झापुटार काहुँ मोटरमार्ग स्तरोन्नतिका लागि दुई करोड, सहिद लालध्वज मार्ग निर्माण तथा स्तरोन्नतिका लागि दुई करोड, भानु मार्ग चन्द्रावती पोखरीछाप पुलिमराङ हुँदै कुन्छाफेदी सडकका लागि दुई करोड, आँबु भाँगे छिम्केश्वरी हिलेखर्क मार्गका लागि रु दुई करोड, दुलेगौँडा हर्कपुर मार्ग (वनकेवा मनपाङ रानीटारी खण्ड) कालोपत्रका लागि रु दुई करोड र सिन्धु मार्गका लागि रु दुई करोड विनियोजन भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  १ : ४७ बजे

महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक भोलि बस्ने, समानुपातिक सूचीलाई अन्तिम रुप दिइने

काठमाडौं- नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय

गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : झगडा गरेर कहिलेसम्म टिक्ने ?

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन

बालुवाटारमा प्रधानमन्त्री कार्की र तीन दलका नेताबीच छलफल जारी (तस्बिरहरु)

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच

जेन-जी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा– जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने