अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको निन्दा « Khabarhub

अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको निन्दा


२७ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले इस्लामिक स्टेट (आइएस) समूहले गरेको आक्रमणको निन्दा गरेको छ ।

राजधानी काबुलस्थित गृह मन्त्रालयको कार्यालयमा बुधबार अपराह्न भएको आत्मघाती बम विस्फोटमा परी शरणार्थी तथा स्वदेश फिर्तीमन्त्री खलील योर रहमान हक्कानीको मृत्यु भएको थियो ।

अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता मिसन (युएनएएमए) ले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै भनेको छ, ‘स्थिरताको खोजीमा आतङ्कवादका लागि कुनै स्थान हुन सक्दैन ।’

कतार, साउदी अरब, पाकिस्तान र इरानसहित युरोपेली सङ्घ र अर्गनाइजेसन अफ इस्लामिक कोअपरेशनले पनि आक्रमणको निन्दा गरेको छ ।

संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको सूचीमा रहेका हक्कानी तालिबानको दुई दशक लामो विद्रोहका क्रममा भएका केही हिंसात्मक आक्रमणका लागि जिम्मेवार हक्कानी नेटवर्कका संस्थापक जलालुद्दीन हक्कानीका भाइ थिए।

उनी वर्तमान गृहमन्त्री सिराजुद्दीन हक्कानीका काका पनि हुन्। खलील योर रहमान हक्कानीको अन्त्येष्टि बिहीबार काबुलको दक्षिणमा पर्ने पक्तिया प्रान्तमा गरिने भएको छ ।

इस्लामिक स्टेट समूहले आक्रमणको जिम्मेवारी लिएको छ र एक आक्रमणकारीले मन्त्रालयभित्र आत्मघाती आक्रमण गराएको बताएको छ । सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि कुनै मन्त्रीलाई लक्षित गरी गरिएको यो पहिलो आक्रमण हो ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  २ : ३० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको