इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदूषण नियन्त्रणमा जोड « Khabarhub

इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदूषण नियन्त्रणमा जोड


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वातावरणलाई प्रदूषित हुन नदिन इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदूषण नियन्त्रणमा जोड दिएको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार काठमाडौंमा आयोजना गरेको वातावरणीय मानव अधिकार रक्षकको दोस्रो सम्मेलन उद्घाटन गर्दै मन्त्री ठकुरीले वायु प्रदर्शन मापन यन्त्रहरुद्वारा तथ्याङ्क संकलन गरी वातावरणलाई  प्रदूषित हुन नदिन इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदूषण नियन्त्रणको योजना बनाएको बताएका हुन् ।

काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयनका लागि विभिन्न निकायको समन्वय आवश्यक रहेको उनले बताए । मन्त्री ठकुरीले वायु गुणस्तर व्यवस्थापनका लागि भएका प्रयासहरूलाई स्थायी र दिगो बनाउनका लागि अझै धेरै कदमहरू चाल्न आवश्यक रहेको धारणा राखे

वायु प्रदूषणका स्रोत पहिचान गरी त्यसको नियन्त्रणमा कडा निगरानी राख्न आवश्यक रहेको उनको भनाइ छ ।

मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नागरिकको स्वच्छ, स्वस्थ र सुरक्षित वातावरणीय अधिकारको लागि संवैधानिक दायित्व बमोजिम क्रियाशील रहेको जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  २ : ४६ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर