इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदूषण नियन्त्रणमा जोड « Khabarhub

इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदूषण नियन्त्रणमा जोड


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वातावरणलाई प्रदूषित हुन नदिन इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदूषण नियन्त्रणमा जोड दिएको बताएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार काठमाडौंमा आयोजना गरेको वातावरणीय मानव अधिकार रक्षकको दोस्रो सम्मेलन उद्घाटन गर्दै मन्त्री ठकुरीले वायु प्रदर्शन मापन यन्त्रहरुद्वारा तथ्याङ्क संकलन गरी वातावरणलाई  प्रदूषित हुन नदिन इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदूषण नियन्त्रणको योजना बनाएको बताएका हुन् ।

काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयनका लागि विभिन्न निकायको समन्वय आवश्यक रहेको उनले बताए । मन्त्री ठकुरीले वायु गुणस्तर व्यवस्थापनका लागि भएका प्रयासहरूलाई स्थायी र दिगो बनाउनका लागि अझै धेरै कदमहरू चाल्न आवश्यक रहेको धारणा राखे

वायु प्रदूषणका स्रोत पहिचान गरी त्यसको नियन्त्रणमा कडा निगरानी राख्न आवश्यक रहेको उनको भनाइ छ ।

मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नागरिकको स्वच्छ, स्वस्थ र सुरक्षित वातावरणीय अधिकारको लागि संवैधानिक दायित्व बमोजिम क्रियाशील रहेको जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  २ : ४६ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको