ग्लोबल आइएमई बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न | Khabarhub Khabarhub

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले शेयरधनीलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस शेयर वितरण पश्चात् कायम हुने पुँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्ध पत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।

साधारणसभामा अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण परिपालना गर्दै शेयरधनीलाई लाभांश प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए  ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ३ : २५ बजे

एनएनसीसीआई अध्यक्ष बन्न चुनाव नै लड्नुपर्ने, अञ्जनलाई स्वतः मौका

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा अध्यक्ष पदका

परराष्ट्रमन्त्रीसँग युरोपियन युनियनका उच्च अधिकारीको भेट

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर

वैदेशिक शिक्षाका नाममा बाहिरियो पौने ३८ अर्ब

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो चार महिनामा विदेश पढ्ने नाममा

विपद् व्यवस्थापनमा सहकार्य आवश्यक : गृहमन्त्री 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रण, कानुन कार्यान्वयन र विपद्

चार महिनामा भित्रियो सवा पाँच खर्ब रेमिट्यान्स

काठमाडौं – चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सवा पाँच