दक्षिण कोरियाली राष्ट्रपतिमाथि दोस्रो पटक महाअभियोग प्रस्ताव दर्ता « Khabarhub

दक्षिण कोरियाली राष्ट्रपतिमाथि दोस्रो पटक महाअभियोग प्रस्ताव दर्ता


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियाका विपक्षी दलहरूले मार्शल ललाई लिएर राष्ट्रपति युनलाई महाभियोग लगाउन नयाँ प्रस्ताव पेस गरेका छन् । दक्षिण कोरियाको संसदका ६ विपक्षी दलले राष्ट्रपति युन सुक येओललाई मार्शल लको घोषणा गरेकोमा महाभियोग लगाउन फेरी नयाँ संयुक्त प्रस्ताव पेस गरेका हुन् ।

कोरियाको संसदमा बिहीबार दिउँसो प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी र ५  साना विपक्षी दलले संयुक्त रूपमा महाभियोग प्रस्ताव पेस गरेका हुन् । बिपक्षी दलले सम्भवतः शनिवार नै महाअभियोग प्रस्तावलाई मतदानमा लैजाने जनाएका छन् । युनको डिसेम्बर ३ मा लगाएको ‘मार्शल ल घोषणा’ले त्यहाँको राजनीतिमा अराजकता र ठूला विरोध प्रदर्शन भइरहेका छन् ।

गत साता पनि उनी माथी महाअभियोग प्रस्ताव दर्ता भएको थियो । तर, विपक्षीलाई आवश्यक पर्ने ८ मत अपुग भए पछि सो महाअभियोग संसदवाट पारित हुन सकेको थिएन ।

यो पटक महाअभियोगमा सत्तारूढ दलका सांसदले पनि मतदान गर्ने विपक्षीहरूले जनाएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ३ : ३३ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर