काठमाडौंविरुद्ध जनकपुरको ५ विकेटको सहज जित « Khabarhub

काठमाडौंविरुद्ध जनकपुरको ५ विकेटको सहज जित


२७ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बिहीबारको दोस्रो खेलमा काठमाडौं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले ५ विकेटको सहज जित निकालेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर १०२ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको जनकपुरले १५ दशमलव ५ ओभरमा १०४ रन बनाएको हो ।

सामान्य लक्ष्य पछ्याएको जनकपुरले ब्याटरहरु नचल्दा पनि जित हात परेको हो । जनकपुरका ओपनर लाहिरू मिलन्था सस्तैमा आउट भए । २० बलमा १६ रन जोडेका उनी काठमाडौंका करण केसीको बलमा आउट भए ।

जनकपुरका अर्का ओपनर आशिफ शेख पनि करण केसीकै बलको शिकार बने । आशिफले ९ बलमा मात्रै २ रन जोडे ।

जनकपुरका कप्तान अनिल शाह काठमाडौंका दिपेश कँडेलको एलबीडब्ल्यू धरापमा परेर विकेट गुमाए । उनले १० बलमा १ चौकाको सहयोगमा ११ रन जोडे ।

जनकपुरको जितका लागि जेम्स नीशम १७ बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक २७ रन जोडे । जनकपुरका अर्का खेलाडी हर्श थाकरले अविजित २५ रन जोडे । उनले २५ बलको सामना गर्दा १ चौका र १ छक्का प्रहार गरे ।

मोहम्मद मोहसिनले अविजित १३ रन जोडे । उनले ७ बलमा ३ चौका प्रहार गरेका थिए । अन्य खेलाडीले दोहोरो रन नबनाए पनि जनकपुरले जित निकाल्यो ।

बलिङतर्फ काठमाडौंका करण केसीले सर्वाधिक २ विकेट लिए । जनकपुरका ओपनरद्वय लाहिरू मिलन्था र आशिफ शेख करणकै बलमा आउट भएका हुन् ।

काठमाडौंका शाहब आलम, गेर्हार्ड इरास्मस र दीपेश कँडेलले समान १(१ विकेट लिए ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ३ : ५९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको