काठमाडौंविरुद्ध जनकपुरको ५ विकेटको सहज जित | Khabarhub Khabarhub

काठमाडौंविरुद्ध जनकपुरको ५ विकेटको सहज जित


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बिहीबारको दोस्रो खेलमा काठमाडौं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले ५ विकेटको सहज जित निकालेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर १०२ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको जनकपुरले १५ दशमलव ५ ओभरमा १०४ रन बनाएको हो ।

सामान्य लक्ष्य पछ्याएको जनकपुरले ब्याटरहरु नचल्दा पनि जित हात परेको हो । जनकपुरका ओपनर लाहिरू मिलन्था सस्तैमा आउट भए । २० बलमा १६ रन जोडेका उनी काठमाडौंका करण केसीको बलमा आउट भए ।

जनकपुरका अर्का ओपनर आशिफ शेख पनि करण केसीकै बलको शिकार बने । आशिफले ९ बलमा मात्रै २ रन जोडे ।

जनकपुरका कप्तान अनिल शाह काठमाडौंका दिपेश कँडेलको एलबीडब्ल्यू धरापमा परेर विकेट गुमाए । उनले १० बलमा १ चौकाको सहयोगमा ११ रन जोडे ।

जनकपुरको जितका लागि जेम्स नीशम १७ बलमा १ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक २७ रन जोडे । जनकपुरका अर्का खेलाडी हर्श थाकरले अविजित २५ रन जोडे । उनले २५ बलको सामना गर्दा १ चौका र १ छक्का प्रहार गरे ।

मोहम्मद मोहसिनले अविजित १३ रन जोडे । उनले ७ बलमा ३ चौका प्रहार गरेका थिए । अन्य खेलाडीले दोहोरो रन नबनाए पनि जनकपुरले जित निकाल्यो ।

बलिङतर्फ काठमाडौंका करण केसीले सर्वाधिक २ विकेट लिए । जनकपुरका ओपनरद्वय लाहिरू मिलन्था र आशिफ शेख करणकै बलमा आउट भएका हुन् ।

काठमाडौंका शाहब आलम, गेर्हार्ड इरास्मस र दीपेश कँडेलले समान १(१ विकेट लिए ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ३ : ५९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग