विपद् व्यवस्थापनमा सहकार्य आवश्यक : गृहमन्त्री  | Khabarhub Khabarhub

विपद् व्यवस्थापनमा सहकार्य आवश्यक : गृहमन्त्री 


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रण, कानुन कार्यान्वयन र विपद् व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढंगबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।

बाग्मती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा बिहीबार आयोजित ‘शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अन्तरप्रदेशस्तरीय कार्यशाला गोष्ठी’मा उनले संविधानले दिएको जिम्मेवारी र दायित्व कार्यान्वयन गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिए।

‘यी काम हामीले समन्वयात्मक ढंगले गर्न सक्यौ भने मात्रै उद्देश्य हासिल गर्न सक्छौँ’, उनले भने। गृहमन्त्री लेखकले संविधानतः सहकारिता, समन्वय र सहअस्तित्वमा आधारित सङ्घीयता मुलुकले अङ्गीकार गरेको उल्लेख गर्दै तीनै तहको समन्वयमा प्रशासनिक कार्य अघि बढाइनुपर्नेमा जोड दिए।

मुलुकको शान्ति सुरक्षाको अवस्थामा खासै ठूलो चुनौती नभए पनि अपराधका नयाँ आयामले चिन्ता थपेको बताए।

‘परम्परागत अपराध नियन्त्रणका लागि त निरन्तर काम गर्नु परिरहेको छ, तर अहिले लागूऔषध, आत्महत्या, सडक दुर्घटना र साइबर अपराध चुनौतीपूर्ण ढङ्गले देखा परेका छन्, यसलाई न्यूनीकरण गर्न तीनै तहका सरकारले मिलेर काम गर्नुपर्छ ।’

घृणाष्पद अभिव्यक्तिमार्फत समाजलाई गलत ढंगबाट प्रभावित गर्ने शृङ्खला बढिरहेको उल्लेख गर्दै उनले यस खालका अपराध नियन्त्रणमा कुनै सम्झौता नगरी निर्मम ढंगले प्रस्तुत हुनुपर्ने बताए। जनताका प्रतिनिधिद्वारा निर्मित संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण आजको मुख्य कार्यभार भएको जनाउँदै उनले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताए।

‘संविधानलाई असफल बनाउने, संविधानका विरुद्ध गतिविधि गर्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असफल साबित गर्ने प्रयत्न यदाकदा हुने गरेका छन्’, नले भने, ‘त्यसका विरुद्ध हामी कडारुपमा उभिन जरुरी छ, मुलुकका अर्थतन्त्रलाई सुदृढ बनाउन नसक्दा नागरिकमा केही प्रश्न उब्जिएको छ, तर त्यसलाई यस व्यवस्था विरुद्ध प्रयोग गर्ने प्रयत्न हुने गरेका छन्, त्यसप्रति सचेत हुँदै यस खालका गतिविधि कुनै पनि हालतमा क्षम्य हुँदैन ।’

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ५ : १९ बजे

एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त

‘नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानमा तटस्थ बनाउनुपर्छ’  

ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका

औषधि विधेयक अन्तिम चरणमा छ : स्वास्थ्यमन्त्री 

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधि विधेयक अन्तिम

राजदूत ओलीले चीनमा बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौं – नवनियुक्त नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले चीन सरकारका

सङ्घीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल

काठमाडौं – प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको