एक वर्षमा ८९६ अंकले बढ्यो नेप्से, पुँजीकरणमा १५ प्रतिशतले वृद्धि « Khabarhub

एक वर्षमा ८९६ अंकले बढ्यो नेप्से, पुँजीकरणमा १५ प्रतिशतले वृद्धि


२७ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक वर्षको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८९६ अंकले वृद्धि भएको छ ।

२०८० कात्तिक मसान्तमा १८५२.०९ अंक रहेको नेप्से पछिल्लो १ वर्षमा वृद्धि भएर गएको कात्तिक मसान्तसम्म २७४८.७९ अंकमा पुगेको थियो । यद्यपि पछिल्लो दिनका कारोबारमा केही गिरावट आएर आज बिहीबारको कारोबार सम्म आइपुग्दा नेप्से २६८२.२९ अंकमा सीमित भएको छ ।

नेप्से सुचकांकमा भएको वृद्धि भएसँगै एक वर्षका अवधिमा नेप्सेको शेयर पुँजीकरणमा पनि ठूलो मात्रामा वृद्धि भएको छ । अघिल्लो वर्षको कात्तिक मसान्तमा २८५३ अर्ब १ करोड रहेको नेप्सेको शेयर पुँजीकरण चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म आइपुग्दा ४३७६ अर्ब ९० करोड पुगेको हो ।

एक वर्षको अवधिमा नेप्सेको शेयर पुँजीकरणमा १५ खर्ब २३ अर्ब ८ करोडले वृद्धि भएको देखिएको छ । यद्यपि आज बिहीबारसम्म भने नेप्सेको शेयर पुँजीकरण ४४ खर्ब ४९ अर्ब ११ करोड रहेको छ ।

समीक्षा अवधिमा नेप्सेमा सूचीकृत कम्पनीहरूको सङ्ख्या ३ वटा थपिएको छ । ०८० कात्तिक मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीको सङ्ख्या २६४ वटा रहेकोमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म यस्तो सङ्ख्या २६७ वटा पुगेको हो ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३ अर्ब ९१ करोड बराबरको हकप्रद शेयर, ३ अर्ब ६७ करोड बराबरको बोनस शेयर, ४७ लाख बराबरको एफपीओ गरी ७ अर्ब ५८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

समीक्षा अवधिमा नेपाल धितो पत्र बोर्डले ५ अर्ब ८९ करोड बराबरको हकप्रद शेयर, १ अर्ब ९० करोड बराबरको म्युचुअल फन्ड सार्वजनिक निष्कासनका लागि अनुमति दिएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ६ : ०२ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने