संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’ « Khabarhub

संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’


२७ मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

दोहा – प्यालेस्टिनी लडाकु समूह हमासले बिहीबार गाजामा तत्काल र बिना शर्त युद्धविरामका लागि संयुक्त राष्ट्र महासभाको मतदानलाई स्वागत गरेको छ । यो प्रतीकात्मक कदमलाई संयुक्त राज्य अमेरिका र इजरायलले अस्वीकार गरेका छन् ।

हमासले विज्ञप्तिमा भनेको छ, “गाजामा युद्धविरामको माग गर्दै (गाजा) पट्टीका नागरिकहरूलाई आवश्यक सेवा र मानवीय सहायतामा तत्काल पहुँच दिन सक्षम बनाउँदै १५८ देशले समर्थन गरेको संयुक्त राष्ट्र महासभाको प्रस्तावलाई स्वीकृत गरेकामा हमास स्वागत गर्दछ ।”

महासभाले बुधबार नौ विरुद्ध १५८ मतले प्रस्ताव पारित गरेको थियो भने १३ जना अनुपस्थित थिए । प्रस्तावले ‘तत्काल, बिना शर्त र स्थायी युद्धविराम’ र ‘सबै बन्दीको तत्काल र बिना शर्त रिहाइ’ को माग गरेको छ । यो शब्दावली गत महिना सुरक्षा परिषद्मा वासिङ्टनद्वारा भिटो गरिएको पाठसँग मिल्दो छ ।

सन् २०२३ अक्टोबर ७ मा गाजामा युद्ध सुरु गर्ने हमास भनेको छ, “यस आक्रमणका क्रममा हामीले युद्धविरामका लागि नेतृत्व गर्ने कुनै पनि निर्णय वा पहलहरूको जवाफ दिन निरन्तर इच्छा व्यक्त गरेका छौँ ।”

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र संयुक्त राज्य अमेरिकालाई निरन्तर लडाइँका लागि दोष दिएको छ ।

आधिकारिक तथ्याङ्कमा आधारित एएफपीको तथ्याङ्कअनुसार हमासको आक्रमणमा अधिकांश नागरिकसहित एक हजार दुई सय आठ जनाको मृत्यु भएको थियो । उक्त गणनामा प्यालेस्टिनी क्षेत्रमा राखिएको बेला मारिएका बन्धकहरू समावेश छन् ।

सशस्त्र समूहले २५१ बन्दी अपहरण गरे । तीमध्ये ९६ वर्तमानमा गाजामा छन् । जसमा ३४ जनालाई इजरायली सेनाले मृत भनेर बताएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलको प्रतिशोधात्मक आक्रमणमा अधिकांश सर्वसाधारणसहित कम्तीमा ४४ हजार आठ सय ३५ जनाको गाजामा मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ८ : ५६ बजे

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,

बाढीबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत गरिँदै

म्याग्दी– गत असोजको झरीपछिको बाढी पहिरोका कारण क्षतिग्रस्त म्याग्दीको सदरमुकाम

शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुन: सहकार्य

काठमाडौं– मारिकोले आफ्नो बेबी केयर ब्रान्ड प्यारासुट एडभान्स्ड बेबीमार्फत सामाजिक

विपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड अनुदान

बागलुङ– बागलुङका विपद् सङ्कटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको