शिख धर्म ग्रन्थको अपमान गर्ने पाकिस्तानीलाई अस्ट्रेलियाद्वारा देश निकाला « Khabarhub

शिख धर्म ग्रन्थको अपमान गर्ने पाकिस्तानीलाई अस्ट्रेलियाद्वारा देश निकाला


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिख धर्मको पवित्र ग्रन्थको अपमान गरेको भन्दै अस्ट्रेलियाले एक जना पाकिस्तानी नागरिकलाई देश निकाला गरेको छ ।

शिख धर्मको पवित्र ग्रन्थ गुटखा साहिबको अपमान गरेको भन्दै अस्ट्रेलियाले २१ वर्षीय पाकिस्तानी नागरिक खिजर हयातको भिसा रद्द गरी देश निकाला गरेको हो ।

द अस्ट्रेलिया टुडेका अनुसार उनले अस्ट्रेलियाको पर्थ शहरमा रहेको क्यानिङ भेल गुरुद्वारा अगाडि उक्त ग्रन्थ भुईँमा फालेर खुट्टाले कुल्चेको, पाना च्यातेको, शौचालयमा फ्याँकेको र जलाएको भिडियो टिकटकमा अपलोड गरेका थिए । उनको यस कार्यविरुद्ध मेलबर्न शहरमा प्रदर्शनसमेत आयोजना गरिएको थियो ।

पछि उनीविरुद्ध अर्माडेल मजिस्ट्रेट अदालतमा मुद्दासमेत चलाइएको थियो । उक्त मुद्दामा दोषी ठहर भएपछि उनको भिसा रद्द गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ९ : ५७ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर